सोलुखुम्बुमा पहिरोका कारण सडक अवरुद्ध

प्रकाशित मिति:

भाद्र १२,सोलुखुम्बु / सोलुखुम्बुमा पहिरोका कारण सडक अवरुघ भएको छ । ओखलढुगां जन्तरधाप, फाप्लु सडक खण्ड अन्र्तगत सोलुखुम्बुको तिङ्ला स्थित सिस्नेरीमा पुन पहिरो खसेको कारण सडक अवरुद्ध भएको हो । निरन्तरको वर्षाका कारण माथिबाट ढुङ्गा खसेको ट्राफिक पोष्ट सल्लेरीले जनाएको छ । पटक पटक पहिरो खसिरहने सो स्थानमा माथिबाट ढुङ्गा खसेका कारण सडकमा आवतजावत गर्न जोखिम बढेको ट्राफिक प्रहरी नारायण बस्नेतले जानकारी दिए ।
अहिले माथीबाट ढुगां खस्दा सडक आशिंक रुपमा मात्र सञ्चालन भईरहेको ट्राफिक प्रहरीको भनाई छ । निरन्तर पानी परिरहेकाले माथिबाट ढुङ्गा खस्ने भएकाले वर्षातको समयमा सिस्नेरी सडक खण्डमा जोखिम रहेको छ ।