आज बुटवलको देवीनगर चौपारीमा मौलिक सास्कृतिक झल्काउने सरायँ नाच प्रदशन हुदै

प्रकाशित मिति:

नेपालीहरुको महान चाड विजया दशमीको अन्तिम कोजाग्रत पूर्णिमाको दिन आज बुटवलको देवीनगर चौपारीमा मौलिक सास्कृतिक झल्काउने सरायँ नाच प्रदशन हुदै छ। बुटवल ११ देवीनगर स्थीत नवदुर्गा मन्दिर समितिको आयोजनामा हुने सरायँ नाच प्रदशनीमा बुटवलका विभिन्न टोल विकास सस्था तथा सहकारी द्वारा समुहगत रुपमा सरायँ नाच प्रस्तुत गर्ने कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष कुल बहादुर के सी ले जानकारी दिए । आज दिउसो ३ बजे देखि सुरु हुने सरायँ नाच पश्चात विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत हुने र नवदुर्गाको फूलपाती विसर्जन गर्ने कार्यक्रम समेत रहेको उपाध्यक्ष के सी ले बताए । समुहगत रुपमा प्रस्तुत गर्ने सहभागीहरुलाई पुरस्कारको समेत व्यवस्था गरिएको जनाइएको छ पाल्पा, गुल्मी, अर्घाखाँची जिल्लामा नाचिने सरायँ नाच विगत ७ वर्ष देखि बुटवलमा पनि प्रदशन गर्न लागिएको हो । सास्कृतिक कार्यक्रममा प्रचन्ड जी सी लगाएत रास्ट्रीय कलाकारहरुको प्रस्तुत रहने बताइएको छ ।