बस र बाेलेरो एकआपसमा ठोक्किए, बाेलेरो चालकको मृत्यु

२६ आश्विन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
31 Shares


तनहुँ- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको गुणादीमा बस र बोलेरो परस्पर ठक्कर खाँदा बोलेरो चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा बोलेरो चालक नवलपरासी सरावल गाउँपालिका  १ बस्ने वर्ष २२ का रमेश थारु रहेको प्रहरीले जनाएको छ ।नवलपरासीबाट पोखरातर्फ जाँदै गरेको लु १ च ७०४१ नम्बरको केरा बोकेको बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ४०२२ नम्बरको बस म्यादे १ गुणादीमा एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।गम्भीर घाइते रहेका चालक थारु उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । तिव्र गतिको कारण दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।news24

फेसबुकबाट तपाईको प्रतिक्रिया