सैनामैनामा डकर्मीहरुको लागि दिइएको ७ दिने तालिम समापन

प्रकाशित मिति:

सैनामैनामा डकर्मीहरुको लागि दिइएको ७ दिने तालिमको आज समापन भएको छ । सैनामैनाका भवनहरु भुकम्प प्रतिरोधात्मक बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो । सैनामैना नगरपालिकाको आयोजना र भुकम्प प्रबिधि राष्ट्रिय समाज नेपाल अमेरिका सहायता नियोगको सहयोगमा तालिम दिएको हो । कार्यक्रमको समापन गर्दै सैनामैना नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद भण्डारीले सैनामैना नगरपालिकामा अब बन्ने घर तथा भवनहरु सुरक्षित र व्यवस्थित बनाउनको लागि यस तालिम को आयोजना गरिएको बताउनु भयो । सैनामैनामा पहिले बनेका घरहरु पुर्ण भुकम्पमैत्री नभएको भन्दै अब भवन निर्माणका क्रममा महत्वपुर्ण कार्य गर्दा ईन्जिनियर लाई बोलाएर उनिहरुको सल्लाह अनुसार बनाउनु पर्ने बताउनु भयो । भवन तथा घरहरु भुकम्प प्रतिरोधि व्यवस्थित र सुरक्षित भवन बनाउनु पर्नेमा जोड दिनुभयो । अब ठेकेदारहरु सचेत भएर यहाँ सिकेका कुराहरु व्यवहारमा लागु गर्नुपर्ने समेत बताउनु भएको थियो । कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका वडा नं.१० का वडा अध्यक्ष्य तथा कार्यक्रमका सभाध्यक्ष लोकनारायण थापाले ईन्जिनियरको अनुमति अनुरुप भवन निर्माण गर्नुपर्ने बताउदै तालिममा सिकेका कुराहरु पालना गर्नुपर्ने नगरपालिकालाई सुरक्षित बनाउनका लागि ठेकेदारको महत्वपुर्ण भुमिका हुनेकुरा उल्लेख गर्नुभयो । कार्यक्रम सालझण्डि स्थित सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा सहभागीको तर्फबाट दिपक ब बोहरा,हिरा प्र.क्बेरी प्रशिक्षक दर्शन मल्ल, ई. सुरज न्यौपाने लगायतले बोलेका थिए । कार्यक्रममा सैनामैना न पा का प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद भण्डारीको प्रमुख आतिथ्यता, सैनामैना नगरपालिका वडा नं. १० का वडा अध्यक्ष लोकनारायण थापाको अध्यक्षता रहेको थियो । कार्यक्रममा ईन्जिनियरहरु, प्रशिक्षक, बिभिन्न संघसस्थाका प्रतिनिधि, जनप्रतिनिधि र पत्रकारहरुको उपस्थिति रहेको थियो भने प्रबिधिक प्रदिप गिरीको संचालनमा कार्यक्रम संचालन भएको थियो ।