फौजी किराको आतंक बढन थालेपछि किसानहरु मर्कामा

प्रकाशित मिति:

नवलपरासी-पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १२ को आसपासका इलाकाहरुमा फौजी किराको आतंक बढन थालेपछि किसानहरु मर्कामा पर्न थालेका छन् । बर्दघाट १२ चौपता आसपासका धान खेतहरुमा फौजी किराहरु लागेर धानबाली नष्ट हुन लागेको स्थानीय किसान अनिरुद्र प्रसाद चौधरीले जानकारी दिनुभएको छ ।

फौजी किराको प्रकोपले धानबाली नष्ट हुन थालेपछि किसानहरु धान पुर्ण रुपमा नपाक्दै धान काट्न थालेको किसान चौधरीको भनाई रहेको छ । धानखेतमा फौजी किराको संक्रमण देखिन थालेपछी सो बारे जानकारी सम्बन्धित निकायमा गराइए पनि अझै सम्म पनि कुनै नियकाले यस तर्फ चासो नदिएको किसानको पिडा रहेको छ ।