टिपिएल ३ ःज्ञानोदय गोल्ड्कप २९ रनले बिजयी, पाल्पाली र सियारी बिचको खेल जारी

२६ आश्विन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
43 Shares


 बुटवल -रुपन्देहीको तिलोत्तमा नगरपालिका जारि सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको आजको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्ड्कप बिजयी भएको छ । तिनाउ टाइटन्स्लाई २९ रनले पछाडी पार्दै ज्ञानोदय बिजयी बनेको हो ।ज्ञानोदयको जितका लागी शंकर राना एक्लैले ५५ रनको योगदान गरे भने सुनिल धमलाले २५ रन बनाएका थिए ।पहिलो विकेटका लागि शुनिल धमला र शंकर श्रेष्ठले ७२ रनको पारि खेलेका थिए । ज्ञानोदयले पुरै २० ओभर खेलेर ८ विकेट गुमाउदै  १ सय ५४ रन बनाएको हो । बिजयका लागी १ सय ५५ रनको लक्ष्य पछ्याउने क्रममा तिनाउ टाईटन्स पुरै २० ओभर खेल्दै १ सय २५ रन मात्र बनाउन सफल भयो ।  तिनाउका लागि अर्जुन गिरीले ४४ रनको पारिे भने अन्य खेलाडिको प्रदर्शन त्यति राम्रो भएन ।  ज्ञानोदय गोल्ड्कप को तर्फ बाट तिनाउलाई सम्तैमा समेट्न सुनिल धमलाले ३ विकेट र जितेन्द्र साहानी र कमल ओलीले १÷१ विकेट लिएका थिए ।

अर्धसतक पारि खेलेका ज्ञानोदयका शंकर राना मष्ट भ्यालुएवल प्लेयर बने भने ३ विकेट लिएर २५ रन हानेका ज्ञानोदय गोल्ड्कपकै   सुनिल धमला म्यानअफ द म्याच घोषित भए । प्रतियोगिताको दास्रो खेलमा अहिले सियारी राईनोज् र हिजोको खेलको बिजेता समेत रहेको पाल्पाली लिजेन्टस् बिचको खेल जारि छ । पाल्पालीले टस जितेर फिल्डिङ्ग रोजेपछि अहिले सियारीले ब्याटिङ्ग गरिरहेको छ । प्रदेश स्तरको सबै भन्दाठुलो धनराशी पुरस्कार रहेको प्रतियोगितामा प्रदेश ५ का राष्ट्रिय खेलाडिहरु सम्मिलित १० टिमले सहभागिता जनाएका छन् । १० टिमलाई पोल ए र बि. मा .बिभाजन गरि प्रतियोगिता संचालन गरिएको छ । तिलोत्तमा नगरपालिका वडानम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदान नयाँमिल १० नम्बरमा जारी प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया