किसानहरुलाई पशुपालन तथा दुग्ध पदार्थ बिबिधिकरण सम्बन्धी एक दिने तालिम

प्रकाशित मिति:

पशुपालक किसानहरुलाई पशुपालन तथा दुग्ध पदार्थ बिबिधिकरण सम्बन्धी एक दिने तालिम दिएको छ । सैनामैना–१० मा रहेको तिन धारा दुग्ध उत्पादक सहकारी संस्था लि को आयोजनामा र शारदा प्रोडक्सन प्रा.लिको आर्थिक सहयोगमा सालझण्डी वार्ड नं १० को सभाहलमा तालिम आयोजना गरिएको हो । तालिममा सैनामैना , कंचन र कपिलबस्तुका करिब ७५ जना पशुपालक किसानको सहभागिता थियो । किसानले दुग्ध उत्पादन गरेपछि यस बाट बन्ने परिकार ध्यू , नौनी,दहि,पनिर,आइसक्रिम लगायतका परिकार कसरी उत्पादन गर्ने र बजारीकरण कसरी गर्न सकिन्छ भन्ने बिषयमा तालिम केन्द्रीत रहेको संस्थाका अध्यक्ष कमल अर्यालले बताउनु भएको छ । किसानले आफ्नो उत्पादनबाट अझ बदी लाभ कसरी लिन सक्छन र उनीहरुको जिवन स्तर उकास्नको निम्ती तालिमको आयोजना गरिएको समेत अध्यक्ष अर्यालले जानकारी गराउनु भएको छ । कार्यक्रमा बोल्दै सैनामैना न पा वार्ड नं १० का बडा अध्यक्ष एवं कार्यक्रका प्रमुख अतिथि लोक नारायण थापाले यस्तो किसिमको तालिम सैनामैना नगरपलिकामा नै पहिलो पटक भएको र यसबाट सिकेका कुरा किसानहरुले ब्यवहारमा समेत लागु गर्न आग्रह गर्नु भएको थियो । तालिममा कृषि सुचना तथा प्रशिक्षण केन्द्र हरिहर भवनका डा.सुर्य प्र. पौडेलले प्रशिक्षण दिनु भएको थियो । तिन धारा दुग्ध सहकारी संस्था २०६७ सालमा सैनामैना १० मा स्थापित भएको हो र हाल यस संस्थामा ३५० शेयर सदस्य रहेका छन । संस्थाले दैनिक १५०० लि दुग्ध संकलन गरि बुटवल बजारमा बिक्री बितरण गर्दै आईरहेको संस्थाका सचिव पवन पोख्रेलले बताउनु भएको छ । किसानलाई आवश्यक पर्ने घासका बिउ र उन्नत जातको पशु कृतिम गर्भाधान समेत अनुदानमा संस्थाले उपलब्द गराउदै आएको छ । संस्थाले बेला बेला किसानलाई अभिमुखीकरण तालिम एव प्रशिक्षण आयोजना गर्नुको साथै पशु खरिदको लागी रु २ लाखसम्म बिना धितो क्रृण उपलब्द गराउदै आएको संस्थाका अध्यक्ष कमल अर्यालले बताउनु भएको छ ।