गुल्मीको पौदीअमराई बाङ्गेमा सराय नाच सम्पन्न

प्रकाशित मिति:

कौरव खत्री/गुल्मी –वडा दशैको अवसरमा मुसिकोट नगरपालिका १ पौदीअमराई बाङ्गेको भगवतिमाई पुजा समितिद्धारा परम्परागत रुपमा सराय नाच प्रतियोगिता सम्पन्न भएको छ ।पूर्णिमाको अवसरमा बोल्दै प्रमुख अतिथि मुसिकोट नगरपालिका १ का वडाअध्यक्ष पूर्ण बहादुर हितानले संस्कृति संरक्षणको लागि भगवतिमाई पुजा समितिको प्रयास प्रशसंनीय रहेकोले आगामी दिनामा यस्ता कला संस्कृतिको प्रर्वद्धनका लागि वडाले सहयोग गर्ने बताए । सोही अवसरमा वडा सदस्य गंगा श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा मुसिकोट नगरपालिकाका कार्यपालिका सदस्य जुद्धवीर विक, वडासचिव रण बहादुर थापा,वडा सदस्य गिता विक,समाजसेवी बुद्धिजिवी, पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

सोही सराय नाच खुल्ला सराय नाच प्रतियोगिता मुसिकोट नगरपालिका इश्मा गापा ४ का मान बहादुर घर्ति प्रथम,मुसिकोट नगरपालिका २का रण बहादुर नेपाली द्धितीय र सोही नगरपालिकाका इश्मा गापा ४ का दलबहादुर घर्ति तृतीय भएका छन् भने मुसिकोट नगरपालिका २ का निर्मला सिंह ठकुरी,डम्मर बहादुर सारु र प्रेम शाहीले सराय प्रतियोगितामा उत्कृष्ट भएका छन् भने ३१ जनाले सान्त्वना भएका छन् । विजेता सबैलाई नगद पुरस्कारले सम्मान गरिएको थियो ।कार्यक्रम भगवतिमाई पुजा समिति मुसिकोट नगरपालिका १ पौदीअमराई बाङ्गेका अध्यक्ष दान बहादुर केसीको अध्यक्षता रहेको मुसिकोट नगरपालिका १ का वडाअध्यक्ष पूर्ण बहादुर हितानको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन भने भगवतिमाई पुजा समितिका सचिव श्यामन्त नेपालीले गरेका थिए ।२०६३ साल देखि निरन्तर रुपमा पूर्णिमाको अवसरमा भगवतिमाई पुजा समितिले परम्परागत रुपमा सराय नाच सञ्चालन गदै आइरहेको छ