रुरु मिलन केन्द्रको साधारण सभा तथा तीज मिलन कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

रुरु मिलन केन्द्र रुपन्देही बुटवलले तीजमिलन तथा प्रथम साधारणसभा बुटवलमा सम्पन्न गरेको छ । सो अबसरमा बोल्दै संस्थाकी अध्यक्ष राधा ज्ञवालीले समाज रुपान्तरणका लागि रुरु एकता भन्ने उद्धेश्यका साथ गतसाल स्थापना भएको संस्थाले बिभिन्न बिपदमा परेकाहरुलाइ राहत प्रदान गर्नेदेखि सामाजिक काममा सक्रिय भएको बताउनुभयो । उहाले केन्द्रलाइ सबैको साझा संस्थाको रुपमा बिकास गर्ने लक्ष्य रहेको उल्लेख गर्दै समाजिक एकता,संस्कृती र सम्बन्ध स्थापित गर्ने गरि अगाडि बढाउने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कमला थैबले दीदीबहिनी मिलेर खोलेको संस्थाले समाज रुपान्तरणमा खेलेको भूमिकाको स्रहाना गर्नुभयो । कार्यक्रममा संस्थाका संरक्षक ऋषि भण्डारी,हिमाल श्रेष्ठ,प्रेस सल्लाहकार कपिल ज्ञवाली,उपाध्यक्ष तथा कार्यक्रम संयोजक शान्ति बराल,सचिब जमुना सुबेदी,कोषाध्यक्ष अनुपमा श्रेष्ठ,लगायतले बोल्नुभएको थियो । सो अबसरमा संस्थालाइ सहयोग पुर्याउने ३ जनालाइ सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा ऋषि भण्डारी,हिमाल श्रेष्ठ,पत्रकार कपिल ज्ञवाली रहनुभएको छ । उहाहरु तीनै जनालाइ दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । सो अबसरमा अध्यक्ष,सचिब र कोषाध्यक्षको प्रतिबेदन पारित गरिएको थियो भने दीदि बहीनिहरुले गीत गाएर नाचगान गरेका थिए ।