सुरुङमार्ग निर्माणमा चीनसँग समझदारी

प्रकाशित मिति:

काठमाडौँ- नेपाल र चीनबीच नेपालमा सुरुङमार्ग निर्माणका लागि समझदारीपत्र ९एमओयू०मा आइतबार हस्ताक्षर भएको छ ।चीनका राष्ट्रपति सी चिनफिङको दुई दिवसीय भ्रमणका क्रममा दुई मुलुकबीच सुरुङमार्ग निर्माणसहित विभिन्न १८ वटा समझदारीपत्र र दुईवटा ‘लेटर अफ एक्सचेन्ज’ मा हस्ताक्षर भएको हो । अर्थ मन्त्रालय र ‘चाइना इन्टरनेसनल डेभेलपमेन्ट को–अपरेसन एजेन्सी’बीच सुरुङ निर्माणका लागि सहकार्य गर्ने सम्बन्धमा ‘एमओयु’ भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले राजधानीको टोखादेखि नुवाकोटको छहरेसम्म चार किलोमिटर लामो र रसुवाको वेत्रावतीदेखि स्याफ्रुबेँसीसम्म सुरुङमार्गको सम्भाव्यता अध्ययन तथा निर्माणका लागि सहकार्य गर्ने सम्बन्धमा सो ‘एमओयु’ भएको जानकारी दिनुभयो ।काठमाडौँलाई चीनको केरुङसँग जोड्ने दुई मुलुकको प्राथमिकतालाई २४ किलोमिटरको उक्त सुरुङमार्ग निर्माणले मद्दत पुग्ने विश्वास गरिएको छ । समझदारीपत्रमा हस्ताक्षर भएसँगै उक्त सुरुङमार्गहरूको सम्भाव्यता अध्ययन सुरु गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव कार्कीले बताउनुभयो । यो खबरआजको गोरखापत्र दैनिक मा छ ।