जीवनमा के-के गर्ने सफलता पाउन ?

२७ आश्विन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
26 Shares


अहिलेको समय प्रतिस्पर्धाको समय हो । शत प्रतिशत आउटपुट भए मात्र स्थान पाइन्छ आजकल । निरन्तर गुणात्मक परिणाम दिने क्षमता राख्यो भने मात्र सफलताको दिशामा जान सकिन्छ ।सफलता पाउन र त्यसलाई कायम राख्नु फरक कुरा हुन् । दुवैमा निक्कै मेहनत जरुरी हुन्छ तर भित्र देखि शान्त भएर कुनै काम गर्न सकिएन भने चाँहि सफलताले समेत सन्तुष्टी दिँदैन ।अतिरिक्त परिश्रम गर्न अतिरिक्त उर्जा चाहिन्छ त्यसका लागि कतिपय ब्यक्तिले योगा गर्ने गर्छन् । शरीरमा अतिरिक्त उर्जा उत्पादनका लागि विहान उठ्ने वित्तिकै हातलाई माथी लैजाने र हावामा फैलाउने अनि फेरि सामान्य अवस्थामा पुर्‍याउने । यस्तो अभ्यास नियमित गर्दा शरीरमा उर्जा बढ्छ । शरीरको सुविधान अनुसार हिँड डुल गर्दा वा स्थिर बस्दा पनि हुन्छ तर आफू रुख बनेर पृथ्वीको उर्जा तानिरहेको कल्पना गर्दा शरीरमा नयाँ स्फुर्ती आउने योग विज्ञहरु बताउँछन् । सफलताका तीन सिँढी– निरन्तर परिश्रम ऊर्जा कायमै– सफलता त्यो मात्र हो जसले बाँध्ने होइन मुक्ति दिन्छ– सफलता सकारात्मक हुनु पर्छ जसले नकारात्मक ऊर्जा नष्ट गरोस् सफलता पाउन के गर्ने –यदी तपाई जीवनमा सफलता चाहनुहुन्छ भने सफल व्यक्ति बारेमा जन्ने प्रयाश गर्नुस् । किनकी हरेक सफल मानिसको जीवनमा एक तितो अनुभव र कठिन संघर्ष हुन्छ । जसका कारण उ सफल भएको हुन्छ ।एउटा कुरा सधै यादमा राख्नुस् कि सफलता र असफलताको पछाडि तपाइैको इच्छाशक्तिको भूमिका हुन्छ । चाहनाले मात्र मानिस सफल हुँदैन त्यसका लागि तपाईले मिहेनत गर्नु पर्दछ ।

सफता पाउनका लागि तपाईले केही काम नियमित गर्न आवश्यक छ । पढ्ने वानीको विकास-विशेषज्ञका अनुसार धेरैजसो सफल मानिसले सुत्नुअघि पढ्नका लागि समय छुट्याउछन् । यो जरुरी छैनकी तपाई विषयसँग सम्बन्धित पुस्तक पढ्नुहोस् । तपाइले पे्ररणत्मक कहानी, व्लग्स साहित्या या समाचार भएपनि पढ्ने बानी विकास गर्नुस् ।सकारात्मक सोच-दिनभरको भागदौडपछि दिमागमा तनाव, थकान र नकारात्मक सोच हुनु सामान्य मानवीय प्रक्रिया हो । यदी तपाईले हरेक विषयलाई सकारात्मक रुपमा लिनुभयो भने तपाईलाई निन्द्रा राम्रोसँग लाग्ने छ भने तनाव कम हुन जानेछ ।दिनभर गरेका सकारात्मक काम बारे सोच्नुहोस् तपाईलाई आनन्द आउँछ ।कामको लिस्ट बनाउनुस्-बेलुका सुत्नुअघि तपाईले भोलिपल्ट गर्ने कामको लिस्ट बनाउनुस् । सवै कामको लिस्ट बनाउन गारो हुन्छ तर पनि कामको लिस्ट बनाउँदा तपाईको जीवन व्यवस्थित हुन जान्छ ।परिवारलाई समय-तपाईसँग जति पैसा, नाम र व्यस्तत भएपनि परिवारको लागि समय छैन भने त्यसले कुनै अर्थ राख्दैन । सफल व्यक्तिले अफ्नो सफलताको श्रेय परिवारलाई दिन्छ जसले गर्दा उसलाई आत्मसन्तुष्टि मिल्छ भने काममा परिवारका सदस्यहरुको सहयोग हुन्छ ।मादक पदार्थबाट पर बस्नुस्-सफलताका लागि मादक पदार्थहरु बाट टाढा बस्नुहोस् । यसले परिवारका साथै तपाईको काममा पनि असर गर्छ ध्यान गर्नुस्-कयौं सफल व्यक्ति काममा जानु पूर्व थोरै अवधिका लागि भए पनि ध्यानमा बस्छन् । यसबाट तपाईका दिन र दिमाग चिन्ताबाट टाढा जानेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया