म्याग्दीको खयरबराही क्षेत्रमा दूध कुण्ड भेटियो

२७ आश्विन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
50 Shares


म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा पर्ने खयरबराही क्षेत्रमा दूध कुण्ड फेला परेको छ । पर्यटकीय र धार्मिक हिसाबले चर्चित खयरबराही क्षेत्रमा स्थानीय लालवीर तिलिजाको अगुवाइमा निकै आर्कषक दूध कुण्ड फेला परेको हो ।स्थानीय बुद्धिबहादुर तिलिजाले जोखिम मोलेर करीब पाँच घण्टाको पैदलयात्रा पछि कुण्ड फेला पारेको खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका संयोजक राजु पुनले बताउनुभयो । गत असोज ४ गते शनिबार कुण्ड फेला परेको उहाँको भनाइ छ ।  यहाँको प्रमुख आर्कषण अन्नपूर्ण हिमालको पूर्वी मोहोडाको फेदीमा समुद्री सतहदेखि चार हजार ६३० मिटरको उचाइमा अवस्थित खयरताल र नजिकै रहेको खयर बाराही मन्दिर हो । खयरबराह ताल नजिक रहेको मन्दिरका साथै आसपासका चार वटा सहायक मन्दिरमा पूजा गरेपछि तालमा पुगेर आफ्नो नाम दिएर चर्को स्वरमा बर माग्ने प्रचलन रहेको छ ।धिमेबाजा संरक्षणमा नेवार समुदाय-म्याग्दीको सदरमुकाम बेनीका नेवार समुदायका युवायुवती माङ्गलिक कार्यमा प्रयोग गरिने लोपोन्मुख धिमेबाजाको संरक्षणमा जुटेका छन् । बेनीबजारमा विभिन्न सार्वजनिक तथा उत्सव, चाडपर्वमा बाँसुरी, मादल र झ्यालीको प्रयोग गरि मङ्गल धुन, धिमे बाजा र झ्यालीमा नेवार समुदायका युवायुवतीदेखि वृद्धवृद्धा सक्रिय हुने गरेका छन् ।

‘धिमे बाजां’ नेवार समुदायमा शोकबाहेक अन्य सबै शुभकार्यमा बजाइने बाजा भएको नेपाल भाषामंकाःखलअन्तर्गतको ल्याम पुचःका अध्यक्ष सवीन श्रेष्ठले बताउनुभयो । धिमे बाजा र बाँसुरी बादनसम्बन्धी प्रशिक्षणसमेत दिइएको बताउँदै पछिल्लो समय युवापुस्ताको आर्कषण बढ्दै जान थालेपछि सहज भएको उहाँको भनाइ छ ।आफ्नो भाषा र संस्कृति लोपोन्मुख अवस्थाबाट जोगाउन आवश्यकताअनुसार काठमाडौँबाट प्रशिक्षकसमेत बोलाएर तालीम दिएपछि सक्रियता बढेको उहाँको भनाइ छ । नेवार समुदायले नयाँ वर्ष, विजयादशमी, दीपावली, गाईजात्रालगायत पर्वमा यो बाजा बजाउने गर्दछन् ।तत्कालीन समयमा काठमाडौँ र भक्तपुरे नेवार समुदायमा पुरुषले मात्रै धिमे र बाँसुरी बजाउने चलन रहेको अवस्थामा पछिल्लो समय महिलाले समेत नियमित बजाउन थालेपछि सहज भएको छ ।बेनीको कला र संस्कृतिको अधिकांश हिस्सा नेवार समुदायले धानेको छ । बेनीमा विद्यालयस्तरमा अध्ययनरत विद्यार्थीले नै रहरलाग्दो गरी बाँसुरी बजाउन थालेपछि नेवार समुदायका अगुवा उत्साहित भएका छन् ।नेवार समुदायमा बुबाको मुख हेर्ने, आमाको मुख हेर्ने, देगु पूजा, गुँ पुन्ही, येँया पुन्ही, चथाः, दशैँ, तिहार, म्हःपूजा, पाँहाचह्रे, योमरी पुन्हीलगायत चाडपर्वमा मौलिक बाजा बजाउने र हर्षोल्लास मनाउने चलन छ ।news24

फेसबुकबाट तपाईको प्रतिक्रिया