महरालाई भाेलि अदालतमा उपस्थित गराइने

प्रकाशित मिति:

काठमाडौं – संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्ब्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार मात्र अदालतमा उपस्थित गराइने भएको छ । यसअघि आज सोमवार उनलाई अदालत उपस्थित गराउने कार्यतालिका रहेको थियो तर आज अदालत बन्द हुने भएका कारण मंगलबारमात्र महरालाई अदालतमा उपस्थित गराइने भएको हो ।

गत असोज १० गते पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधन भएका कारण एक दिन अदालत बन्द गर्ने प्रचलनअनुसारआज देशभरका सवै तहका अदालतमा शोक बिदा दिइएको सर्वोच्च अदालतले जनाएको छ ।