स्नातक तह चौथो वर्षको नतिजा प्रकाशित [नतिजासहित]

प्रकाशित मिति:

काठमाडौं – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खूले शैक्षणिक वर्ष २०७५ ०७६ का लागि लिइएको ४ बर्षे स्नातक तहको नतिजा प्रकाशित गरेको छ । शिक्षा शास्त्र संकाय अन्र्तगतको बीएड चौथो बर्षको नतिजा प्रकाशित गरेको हो । ब्याचलर अफ एजुकेशन (बिएड) चौथो बर्षको नतिजा प्रकाशन गरेर परीक्षा नियन्त्रण कार्यालय बल्खुले आफ्नो वेबसाईटमा अपलोड गरेको छ ।

बिएडको परीक्षा २०७५ चैत्र १९ देखि शुरु भएको थियो । परीक्षाको समय बिहान ७ बजेदेखि १० बजेसम्म तोकिएको थियो । नतिजा तल क्लिक शब्दमा अपलोड गरिएको छ । सम्बन्धित सबै समक्ष पुर्याउन विद्यार्थी अभिभावकहरुले सेयर गरिदिनुहोला । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला । त्यसपछि परीक्षा नियन्त्रण कार्यालयको साईट खुल्नेछ । जहाँ रिजल्ट लेखेको ठाँउमा आफ्नो नतिजा खोज्नुहोला ।