चिनियाँ राजदूतले दिइन् नेपाललाई धन्यवाद

प्रकाशित मिति:

काठमाडौं – नेपालका लागि चीनका राजदूत होउ याङकीले चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको सफलताले दुई देशको सम्बन्धमा नयाँ अध्याय सुरु भएको जनाएकी छन् ।

उनले केही बेरअघि ट्विट गर्दै न्यानो आतिथ्यताका लागि नेपाल सरकार र नेपाली जनतालाई धन्यवाद पनि दिएकी छन् । अझ उज्ज्वल भविश्यका लागि सँगै काम गरौं भन्दै उनले चीन–नेपाल मित्रता अमर रहोस् भन्ने कामना समेत गरेकी छन् ।