आलम पक्राउबारे महामन्त्री शशांकको प्रतिक्रिया– कानुनभन्दा माथि कोही पनि छैन

प्रकाशित मिति:

काठमाडौं –  नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कानुन भन्दा माथि कोही पनि नभएको बताएका छन् । रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित कांग्रेसका सांसद मोहम्मद अफ्ताब आलम बम काण्डमा पक्राउ परेको विषयमा सञ्चारकर्मीले रखेको जिज्ञासामा महामन्त्री कोइरालाले यस्तो प्रतिक्रिया दिएका हुन् । कानुनभन्दा माथि देशमा कोही पनि नभएको भन्दै उनले अहिले आलममाथिको अभियोग अनुसन्धानकै क्रममा रहेको बताए । निष्पक्ष रुपमा अनुसन्धान हुनुपर्ने बताएका कोइरालाले दोषी भए कारबाही हुनुपर्ने स्पष्ट पारे । “कानुनको कुरा हो । हामी सबैजना कानुनमा बाँधिएका छौँ ।

अर्को कुरा नेपालमा कानुनको राज हुनुपर्दछ,” महामन्त्री कोइरालाले सञ्चारकर्मीहरुको जिज्ञासामा आइतबार पार्टी कार्यालय सानेपामा भने, “सबैभन्दा पहिले घटनाको विषयमा सत्यतथ्य के हो छानविन हुनुपर्यो । यदि दोषी नै हो भने कानुनअनुसार कारवाहि हुनुपर्दछ ।” आलममाथि ०६४ सालमा बम बनाउन लगाउँदा विष्फोट भइ भारतीय नागरिकको मृत्यु भएको र केही घाइतेलाई इँट्टाभट्टामा हाली हत्या गरेको आरोप छ । आइतबार आलम रौतहटबाट पक्राउ परेका थिए ।