डा.पौडेलले प्रतिनिधिहरूको सुझाव मान्दै उपाध्यक्षमा चुनाव लड्ने

प्रकाशित मिति:

काठमाडौं – गैह्र आवासीय नेपाली संघ(एनआरएन)को भोलिबाट काठमाडौ हुने नवौं विश्व सम्मेलनमा महासचिव पदमा उम्मेदवार घोषणा गरेका डा केशब पौडेलले सोमबार बिहान एनआरएन अमेरिकाको भेलामा सबैको सल्लाह अनुसार उपाध्यक्षमा उठ्ने कुरा बताएका छन्।

पौडेलले प्रतिनिधि भएर काठमाडौ आएका शुभचिन्तक,प्रतिनिधि र वृहत् छलफल पछि उक्त निर्णय गरेको बताएका हुन्।सबै प्रतिनिधिहरूलाई सहयोग गर्ने समेत उनले आग्रह गरेका छन्।