पुर्व डीएसपी थापा सम्मानित

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – पुर्व प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णबहादुर थापा (रास्कोटी) मगरलाई प्रदेश ५ प्रहरी कार्यालयले सम्मान गरेको छ । थापाले प्रहरी सेवामा रहंदा र अवकासपछि समाजलाई पु¥याएको योगदानको मूल्याङकन गर्दै कदरपत्रले सम्मान गरिएको हो । मोडेल म्याप इन्जिनियर समेत रहेका थापा रुपन्देहीको तिलोत्तमा स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष हुन् । उनले तिलोत्तमा नगरपालिका, शंकरनगर योगीकुटी खानेपानी,आनन्दवन शंकरनगर खानेपानी, बर्दघाट नगरपालिका,सरावल गाउपालिका र स्याङजा नगरपालिका लगायतका स्थानको मोडेल म्याप बनाएका छन् ।

थापालाई ६४ औ प्रहरी दिवसका अवसरमा प्रहरी तालिम केन्द्र बुटवलमा आयोजित समारोहमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कदरपत्र प्रदान गरी सम्मान गरेका हुन् । सरकारी कोटामा जापानमा मोडेल म्याप इन्जिनियरिङ पढेर फर्केका थापा २०५८ मा प्रहरी नायब उपरीक्षक (डीएसपी) पदसम्म पुगेर अवकास पाएका थिए । अवकासपछि पनि ६२ वर्षिय थापा सामाजिक काममा सक्रिय छन् । मोडल म्याप बनाउने आर्किटेक्चर इन्जिनियरमा उनी प्रदेश ५ मै प्रख्यात छन् । उक्त कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै तीनजना प्रहरी उपरीक्षक लगायत प्रहरी जवानसम्मका १४ जनालाई नगद सहित पुरस्कृत गरिएको थियो भने समाजसेवीहरु ओमकार गौचन,चन्द्रमणी अधिकारी, कृष्णप्रसाद शर्मा,पत्रकार माधव ढुंगाना लगायतलाई पनि सम्मान गरिएको थियो ।