छात्रामाथि यौन दुर्ब्यवहारको आरोपमा प्रिन्सिपल पक्राउ

प्रकाशित मिति:

बुटवल उपमहानगरपालिका–११ नहरपुरमा रहेको ज्ञानपुञ्ज सेकेन्डरी बोर्डिङ्ग स्कूलका प्रधानाध्यापक तोयराम पौडेलले १० कक्षामा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।

विद्यालयको छात्रावासमा बस्दै आएकी छात्राले होस्टेलमै गएर प्रधानाध्यापक पौडेलले यौन दुर्व्यहार गरेको पिडीत छात्राले बताएकी छिन् ।

अभद्र व्यबहार गर्ने, गोप्य अङ्गहरु छुने, छात्राबासका छात्राहरूलाई राती एक्लै बोलाएर बलात्कार प्रयास गरेको भन्दै अभिभावक द्वारा विद्यालय घेराउ गर्दै प्रधानाध्यापक पौडेललाई पक्राउ गरी कारवाही गर्न माग गर्दै नाराबाजी गरेका छन ।

पीडित बालिकाले शिक्षकलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने बताएकी छिन् । आरोपित प्रधानाध्यापक पौडेल लाइ नियत्रन्णमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका पौडेलले भने आफुलाई नियतबश फसाइएको गुनासो गरेका छन् ।