सेयर बजारमा दोहोरो अंकको गिरावट

प्रकाशित मिति:

काठमाडौं – साताको दोस्रो दिन सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १२.०५ अंकले घटेर १ हजार १ सय ३६.९६ अंकमा पुगेको हो । नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स्ट पनि २.७६ अंकले घटेर २ सय ४९.१७ अंकमा पुगेको छ । यसदिन बजारमा १ सय ५४ कम्पनीका ८ लाख ३३ हजार ७ सय ५३ कित्ता सेयर २१ करोड ८६ लाख ३५ हजार ६ सय ९१ रुपैयाँमा कारोबार भएको हो । आज बजारमा कारोबारमा आएका १२ वटै समूहगत उपसूचक ओरालो लागे । नेप्से ओरालो लागेको दिन बजारमा प्रभु बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो ।

कम्पनीको सेयर २ करोड ६५ लाख ७३ हजार १ सय २५ रुपैयाँमा कारोबार भएको हो । यस दिन रधि विधुत् कम्पनीका लगानीकर्ताले सर्वाधिक ५.८४ प्रतिशत सेयर मूल्य कमाए । त्यसैगरी, सिनर्जी पावरका लगानीकर्ताले सर्वाधिक ६.४९ प्रतिशत सेयर मूल्य गुमाए ।