नेपाल रोल मोडलका सहभागिलाई जीवन दर्शन कार्यक्रम

२७ आश्विन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
23 Shares


बुटवल- बुटवलमा हुन थालेको प्रदेश स्तरीय नेपाल रोल मोडल सिजन थ्रीका सहभागि युवाहरुलाई जीवन जिउने कला र उपायका बारेमा एक दिने अभिमुखिकरण कार्यक्रम सोमबार बुटवलमा भएको छ । नेपाल रोल मोडल सिजन थ्रीमा सहभागि भएका दुई दर्जन युवा युवतिहरुलाई जीवनको उपयोगिता र रुपन्तरणका बारेमा कार्यक्रम सीप सिकाइएको थियो ।निल हिरा समाज रुपन्देहीको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा यौनिक अल्पसंख्यक तथा तेस्रो लिङ्गी अधिकारकर्मी सुनिल बाबु पन्तले युवा अवस्थामा सकारात्मक सोच तथा जीवन दर्शनका बारेमा सहजिकरण गरेका थिए ।

यौनिक अल्पसंख्यक तथा तेस्रो लिङ्गी अधिकारकर्मी पन्तले जीवन जीउन अपनाउनु पर्ने सीप कौशल र सकारात्मक सोच र त्यसले जीवनमा पार्ने प्रभावका बारेमा सहजिकरण गरेका हुन् । नेपाल रोल मोडल आयोजक संस्था आर एन स्टाईलका प्रमुख रेशम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा निल हिरा समाज रुपन्देहीका अध्यक्ष आनिक राना, लांघाली ब्यूटिपार्लरका संचालक रेखा थापा, कोरियोग्राफर सुजित बस्याल लगायतले युवा अवस्थामा लत र बानी ब्यवहार संगतमा सकारात्मक सोचको विकास बारेमा आआफ्ना भनाई राखेका थिए । आर एन स्टाइलले संचालन गरेको नेपाल रोल मोडल सिजन थ्रीमा दुई दर्जनबढी विभिन्न जिल्लाका युवा युवतिहरु सहभागि भएका छन् भने यसको फाईनल कार्तिक महिनामा हुने बताइएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • सैनामैना उद्योग वाणिज्य संघको साधारण सभामा पत्रकार सम्मानित
  • लुम्बिनी निर्माण व्यवसायी संघद्वारा आन्दोलनको चेतावनी,प्रधानमन्त्रीलाई ज्ञापनपत्र
  • लुम्बिनी पर्यटन प्रबर्दन औद्योगिक व्यापार तथा कृषि महोत्सवको तयारि तिब्र:…
  • रोट्याक्ट क्लबले साताव्यापी कार्यक्रम गर्ने
  • होटल व्यवसायीको महाधिवेशन सुर्खेतमा हुने
  • राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट
  • विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा आफूलाई सानो नठानौं :…
  • ‘फेवातालमा खुम्चिएको पर्यटन अब गाउँ गाउँमा’
  • रुपन्देहीका १६ स्थानीय तहमा मधुमेहको निःशुल्क परीक्षण गरिने
  • काबुल विस्फोटमा ७ जनाको मृत्यु