म नेपाली जनताको दु:ख सुख सदैब साथमा छुः सांसद मल्ल

२७ आश्विन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
10 Shares


स्याङ्जा – स्याङ्जाको चपाकोट नगरपालिका ५ श्री सिर्जना क्लवको २६ औ वार्षिकोत्सब तथा युगल खुल्ला नृत्य प्रतियोगिता सम्पन्न भएको छ । क्लवको युगल खुल्ला नृत्य प्रतियोगीतामा १२ टिम प्रतिस्पधाबाट वालिङ् कला केन्द्र प्रथम,बालविधा विकास मा.वि द्दितिय,सृजना क्लव तृतिय र श्री कृष युवा क्लव सान्त्वना भएको छ । विजेता समूहमध्यबाट प्रथम,द्दितिय,तृतिय र सान्त्वना हुने प्रतियोगीलाई क्रमश १५०१५,१००१० र ५००५ साथमा प्रमाणपत्र र मायाको चिनो वितरण गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सांसद माननिय भागवत प्रकाश मल्लले कला र संस्कृति जोगाउनका लागि यस्तो कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताउदै पर्यटकीय क्षेत्र रामडांडांको प्रवर्धनका लागि सहयोगी भएको बताए । उनले नेपाली काँग्रेस नेपाली जनताको दुख सुखमा सदैव सहयात्री बन्ने प्रतिवद्वता व्यक्त गरे।

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं २ का क्षेत्रिय सभापति देव बहादुर खाण,चापाकोट नगरपालिका वडा नं ४ का वडा अत्तयक्ष विक्रम सारु,वडा नं ५ का वडा अध्यक्ष इन्द्र बहादुर शाही,चापकोट न.पा सदस्य इर्शा राना ,चापाकोट नगरसल्लाहकार निर्मल राना,नेपाल तरुणदल क्षेत्रिय उपाध्यक्ष लाल बहादुर थापा,नेपाल विद्यार्थी संघ साविक क्षेत्रिय सभापति धनराज पौडेल लगाएतले पर्यटनको क्षेत्रमा रामडांडा ओझेलमा परेको भन्दै स्थानीय क्लवसंग समन्वय गरि गाउँको बिकास गर्नुपर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया