शक्तिशाली समुद्री आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो

२८ आश्विन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


एजेन्सी – जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।खोजी तथा उद्धार कार्य जारी रहेको र कैयौ व्यक्तिहरु बेपत्ता तथा घाइते रहेकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्नसक्ने अनुमान गरिएको अधिकारीहरूले जनाएका छन् । उनीहरूले विनासकारी आँधीपछि अझै १५ जना अहिलेसम्म पनि बेपत्ता रहेको जानकारी दिएका छन् ।आँधी प्रभावित व्यक्तिको खोजी र उद्धारका लागि सेना पनि परिचालन गरिएको बताइएको छ । आँधीका कारण विभिन्न स्थानमा पहिरो गएको र पानीको सतह बढेका कारण नदी किनाराका घर डुबानमा परेका छन् ।जापानी सेनाले मानिसलाई उद्धार गर्न हेलिकप्टरको प्रयोग गरिरहेका छन् । मानिसले घरका झ्याल र कौसीबाट उद्धारका लागि सेनालाई अनुरोध गरिरहेको देखिएको छ ।हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो । प्रतिघण्टा २ सय १६ किलोमिटरभन्दा बढीको वेगमा रहेको यो आँधीलाई जापानमा पछिल्लो समय आएको सबैभन्दा शक्तिशाली आँधी मानिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया