केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चीन सरकारले नै गरिदिने

२८ आश्विन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
26 Shares


काठमाडौं – बहुप्रतीक्षित काठमाडौं केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चीन सरकारले गरिदिने भएको छ। चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणका दौरान यसमा चिनियाँ पक्षले सहमति जनाएको रेलवे विभागका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले बताएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच नेपाल९चीन अन्तरदेशीय रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययन गर्न सम्झौता भएको हो। चीनकै सहयोगमा पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ। ठूला आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआरतयार गर्नुअघि पूर्वसम्भाव्यता र सम्भाव्यता अध्ययन गर्ने गरिन्छ। पूर्वसम्भाव्यता अध्ययनले उक्त रेलमार्ग निर्माण सम्भव देखाएको छ। त्यो अध्ययनलाई थप प्रभावकारी बनाउन सम्भाव्यता अध्ययन गर्न खोजिएको विभागले जनाएको छ। त्यसका आधारमा डीपीआर र निर्माण मोडालिटीको टुंगो लाग्नेछ।

मन्त्रालयले सी भ्रमणकै बेला डीपीआरका लागि प्रस्ताव पेस गर्ने तयारी गरेको थियो। तर, तत्काल चीनले डीपीआरभन्दा सम्भाव्यता अध्ययनमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको हो। मन्त्रालयका सचिव देवेन्द्र कार्की नेतृत्वको सात सदस्यीय टोली रेलमार्गसम्बन्धी छलफल गर्न गत असार २ गते चीन गएको थियो। नेपाल र चिनियाँ पक्षबीच रेलमार्गसम्बन्धी चौथो पटक छलफल भएको थियो। नेपाली टोलीलाई चिनियाँ प्रतिनिधिले पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनबारे बिफ्रिङ गरेको थियो। चीनले त्यस बेला पनि डीपीआरभन्दा सम्भाव्यता अध्ययनमै जोड दिएको थियो। सम्भाव्यता अध्ययन अगाडि बढाउन चीनले नेपालबाट प्राविधिक सहयोग माग गरेको थियोमन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीका अनुसार सम्भाव्यता अध्ययन गर्न चीनले रेलमार्ग निर्माण हुने क्षेत्रको नक्सा, जनसंख्या, घरटहरा, निकुञ्ज र जंगलको विवरण मागेको थियो। आवश्यक विवरण नेपाली पक्षले संकलन गरी चीनलाई हस्तान्तरण गरेपछि सम्भाव्यता अध्ययन प्रक्रिया अगाडि बढ्नेछ।खवर अन्नपूर्ण दैनिकमा छापिएको

फेसबुकबाट तपाईको प्रतिक्रिया