एसीयाडमा नेपाललाई पहिलो पदक

प्रकाशित मिति:

जकार्ता — नेपालले १८ औं एसियाली खेलकुदमा अन्तत पदकको खडेरीलाई पुरेको छ । प्याराग्लाइडिङ मार्फत नेपालले इन्डोनेसियामा भइरहेको प्रतियोगिताको १२ औं दिनमा आएर कम्तिमा रजत पदक जित्ने निश्चित भएको हो ।

अहिले एसियाली खेलकुदको आयोजकले कुल अंक जोड्ने कार्य गरिरहेकोले आधिकारिक निर्णय भने आउन बाँकि छ। नेपाली टोलीले पदक जितेकोमा खेलाडी र अफिसियलहरुले भने खुशियाली मनाउन थालिसकेका छन्।

पुरुष क्रस क्रन्ट्री तर्फ पश्चिम जाभास्थित गुनुङ मास पुन्चकमा मंगलबार दोस्रो चरणको खेल सकिएसँगै नै नेपालले कम्तिमा पदक जित्ने लगभग पक्का भइसकेको थियो।