गौतमबुद्धसँग जोडिएको पवित्र स्थानहरु, जहाँ सिद्धार्थ बुद्ध बने

२८ आश्विन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
368 Shares


गौतम बुद्धको जन्म ईसादेखि ५६३ वर्ष पहिले नेपालको हालको कपिलबस्तु जिल्लामा भएको हो । २९ वर्षको उमेरमा घर छाडेका बुद्धले भारतका विभिन्न स्थान हुँदै अहिलेको अफगानिस्तानसम्मको यात्रा गरेका थिए । बौद्धकालमा अफगानिस्तानको बामियान क्षे‍त्र बौद्ध धर्मको राजधानी थियो। अहिलेको भारतको मध्यप्रदेश, बिहार, उत्तरप्रदेश र पश्‍चिम बंगाल प्रारम्भिक कालमा बौद्ध धर्मको गढ थियो। यहाँ हजारौं स्तूप र विहार समेत बनाइएका थिए । तर, मध्यकालमा लगभग सबै स्तुप र विहारहरुमाथि मुसलमानले आक्रमण गरेका थिए ।बुद्ध दर्शनका मुख्‍य तत्व – चार आर्य सत्य, आष्टांगिक मार्ग, प्रतीत्यसमुत्पाद, अव्याकृत प्रश्नहरुमाथि बुद्धको मौनता, बुद्ध कथाहरु, अनात्मवाद र निर्वाण।सम्प्रदाय – भगवान बुद्धको समय कुनैपनि प्रकारको कुनै पन्थ या सम्प्रदाय थिएन तर, बुद्धको निर्वाणपछि द्वितीय बौद्ध संगतिमा भिक्षुहरुमा मतभेद चल्दै जाँदा दुई भाग हुन्छ । पहिलेको हिनयान र दोस्रोलाई महायान भनिन्छ। महायान अर्थात् ठूलो गाडी या नौका वा हिनयान अर्थात् साना गाडीहरु या नौका। हिनयानलाई थेरवाद समेत भनिन्छ । महायानको अन्तर्गत बौद्ध धर्मको एक तेस्रो शाखा थियो। झेन, ताओ, शिन्तो आदि अनेक बौद्ध सम्प्रदाय समेत उक्त सम्प्रदाय अन्तर्गत मानिन्छ ।यसको अलावा बौद्ध धर्मको एक संप्रदाय छ, जो भारतमा पाइन्छ । जसको अम्बेडकरवादी नव बौद्ध पनि भन्दछन् । यस सम्प्रदायलाई हिन्दू धर्मप्रति नराम्रो सन्देश फैलाउनको लागि खडा गरिएको सम्प्रदाय मानिन्छ। जबकि बुद्धले कहिलै पनि कुनैपनि धर्म र सम्प्रदायको नराम्रोको लागि आफ्नो धर्म खडा गरेनन्

बौद्ध धर्मग्रन्थ- बुद्धले आफ्नो उपदेश पालि भाषामा दिएका छन् । जो त्रिपिटकहरुमा संकलित छन् । त्रिपिटकको तीन भाग छ विनयपिटक, सुत्तपिटक र अभिधम्मपिटक। उक्त पिटक अन्तर्गतका उपग्रन्थको विशाल श्रृंखलाहरु छ। सुत्तपिटकको पाँच भागहरुमध्ये एक खुद्दक निकायको पन्ध्रौं रचनाहरुमध्येको एक हो धम्मपद। धम्मपद ज्यादा प्रचलित छ।बुद्धका गुरु र शिष्य – बुद्धका प्रमुख गुरु थिए  गुरु विश्वामित्र, अलारा, कलम, उद्दाका रामापुत्त आदि र प्रमुख शिष्य थिए आनन्द, अनिरुद्ध, महाकश्यप, रानी खेमा महिला, महाप्रजापति महिला, भद्रिका, भृगु, किम्बाल, देवदत्त, उपाली आदि।प्रमुख प्रचारक – अंगुलिमाल, मिलिन्द यूनानी सम्राट, सम्राट अशोक, ह्वेन त्सांग, फा श्येन, ई जिंग, हे चो आदि।आठ स्तूप – तथागतको निर्वाणका पश्चात् उनको शरीरको अवशेष अस्थिहरु  आठ भागमा विभाजित भएको र त्यसलाई आठ स्थानहरुमा आठ स्तूपहरु बनाएर राखिएको छ । जुन घडामा उनको अस्थिहरु राखिएको थियो । त्यस घडामा एक स्तूप बनाइएको थियो र एक स्तूपमा तथागतको चिताको अंगार भस्म का लागि त्यसको माथि बनाइएको छ । यसरी कूल १० प्रकारका स्तूपहरु महत्वपूर्ण छन्।आठ मुख्य स्तूप स- कुशीनगर, पावागढ, वैशाली, कपिलवस्तु, रामग्राम, अल्लकल्प, राजगृह तथा बेटद्वीपमा बनेको छ । पिप्पलीय वनमा अंगार स्तूप बनाइएको छ। कुम्भ स्तूप समेत कुशीनगरको आसपासमा नै बनाइएको छ। यी स्थानहरुमा कपिलबस्तु, कुशीनगर, पावागढ, राजगृह, बेटद्वीप  बेट द्वारका  प्रसिद्ध छन् । पिप्पलीय वन, अल्लकल्प, रामग्राम लगायत ९ पवित्र स्थलहरुको खोजी भइरहेको छ तर अहिलेसम्म पत्ता लागेको छैन । कतिपय क्षेत्रहरु एकै स्थानहरु दुई वा दुईभन्दा बढी पवित्र स्थानहरु समेटिएको छ। कपिलवस्तु तथा वैशाली यसमध्ये अति प्रसिद्ध स्थान हो

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • प्रदेश २ कै नमुना ह्याच्री उधोग सिरहाको लहानमा संचालन
  • कर्णाली प्रदेशमा सुशासनका लागि युवा कार्यक्रम सम्पन्न
  • शनिदेबको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • स्व.वि.यु विहिन क्याम्पस बनाउन सरकार नै लाग्यो : महामन्त्री पाण्डेय
  • सभापति श्रेष्ठको निधन प्रती भरत कुमार शाहद्वारा दुख व्यक्त 
  • रोट्रयाक्ट डाउनटाउनको साप्ताहिक कार्यक्रम
  • शाइन रेसुंगा बैंक सामाजिक कार्यमा सक्रिय: बनाइदियो मन्दिरमा ट्रष्ट
  • बर्दघाट खानेपानीका नव निर्वाचित पदाधिकारीहरुले लिए सपथ 
  • गुल्मीको धुर्कोटमा बेवारिसे शव फेला
  • शैक्षिक ईज्यत जोगाउने चोली ‘संस्थागत विद्यालय’ लाई विभेद नगर्न राज्यलाई…