अष्ट्रेलियाको राजदूतमा महेशराज दाहाल

प्रकाशित मिति:

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा महेशराज दाहाललाई नियुक्त गरेकी छन्।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दाहाललाई मंगलबार नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।