रुपन्देही उद्योग संघको अध्यक्षमा बोहोरा

२८ आश्विन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
75 Shares


सबलपोस्ट/बुटवल – रुपन्देही उद्योग संघको अध्यक्षमा बाबुराम बोहोरा निर्विरोध निर्वाचित भएका छन् । संघको २१ औं अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि मंगलबार भएको मनोनयनमा अध्यक्ष पदमा बोहोराको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । यस्तै वरिष्ठ उपाध्यक्षमा माधवप्रसाद पौडेल, प्रथम उपाध्यक्षमा दिलिप सापकोटा र द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद पराजुली पनि निर्विरोध निर्वाचित भएका छन् । संघको २ वर्षे कार्यकालको नयाँ कार्यसमिति चयनका लागि असोज ३० गते मतदान हुँदैछ । महासचिवमा भने शिवकुमार पाठक र जिवकान्त काफ्लेको उम्मेदवारी परेको छ ।

कोषाध्यक्षमा हरिबहादुर खत्री र दीपक खनाल, सचिवमा हिरामणि भट्टराई र चन्द्रकान्त खनाल, महिला सचिवमा रेनुका खरेल र माया खनाल, सह कोषाध्यक्षमा माधव रेग्मी र गिरिराज गैरेको उम्मेदवारी परेको निर्वाचन अधिकृत यमलाल खनालले जानकारी दिए । एशोसिएटतर्फ खुल्लामा सुमन बस्याल र भैरहवा क्षेत्रमा मोहनीलाल रिजाल,संस्थागत सदस्यमा अशोक कुंवर र सेवामूलक सदस्यमा लालहरि पाण्डे निर्विरोध निर्वाचित भएका छन् । अन्य १४ जना कार्यसमिति सदस्य पदका लागि ३० जनाको उम्मेदवारी परेको छ । २०३५ सालमा स्थापना भएको संघमा संघमा १ हजार ३० जना मतदाता छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया