जनप्रतिनिधि र कर्मचारी एक भएमात्रै विकास सम्भव

२८ आश्विन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
319 Shares


भैरहवा – सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख हरिप्रसाद अधिकारीले जनप्रतिनिधि र कर्मचारी एकढिक्का भएर योजनाबद्ध काम गरेमात्रै विकास सम्भव हुने बताएका छन् । उनले आफूहरुले योजना बनाए पनि कार्यान्वयन गर्न कर्मचारीहरुको ठूलो हात हुने जनाए । वाणगंगा नगरपालिकाबाट सिद्धार्थनगरमा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीलाई स्वागत, पचियात्मक तथा नगरपालिकाको वस्तुस्थितिबारे जानकारी गराउने उद्देश्यले मंगलबार भैरहवामा आयोजित कार्यक्रमका बोल्दै अधिकारीले जनअपेक्षाअनुसार सेवाप्रवाहलाई चुस्तदुरुस्त पार्न जनप्रतिनिधि र कर्मचारी एकअर्काको परिपूरक हुनुपर्ने धारणा राखे ।

उनले नगरलाई विकासको गतिमा अघि बढाउन कर्मचारीले योजनाहरुको कार्यान्वयनमा पारदर्शिता, लगनशीलता, इमान्दारिता छिटोछरितो गर्नु पर्ने जनाए । आफूहरु जहिले पनि कर्मचारीलाई साथमा लिएर नगर विकास गर्न योजनाबद्धरुपमा लागेको बताउँदै अधिकारीले आगामी दिनमा पनि कर्मचारीको मिहनत र पारदर्शिता आवश्यक रहेको औल्याए । एउटा असल कर्मचारीका कारण धेरै योजना सफल हुने भन्दै उनले आफ्नो शाखामा उत्कृष्ट काम गरी नागरिकको सेवामा लाग्न उनले आग्रह गरे । यसो गरेमा नगरलाई समृद्ध बनाउन सकिने धारणा उनको छ । उनले जनप्रतिनिधिको योजनालाई सार्थक पार्न नयाँ प्रशासकीय अधिकृत र सम्पूर्ण कर्मचारीको भूमिका सहयोगीसिद्ध हुने अपेक्षा समेत व्यक्त गरे ।

प्रमुख प्रशासकीय अधिकृत मरासिनीले आफ्नो अनुभव, जनप्रतिनिधिको अनुभवलाई एकताबद्ध गरी नगरलाई उत्कृष्ट बनाउने प्रयास गर्ने जनाए । आफूले विगतमा थुप्रै सरकारी निकायमा काम गरेको जनाउँदै उनले ती ठाउँका अनुभवलाई नगरमा प्रयोग गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । आफूले हरेक शाखाको काम खाशामै पुगेर अवलोकन तथा मूल्यांक गर्ने जनाउँदै सबै कर्मचारी नागरिकको सहयोगीभई जनप्रतिनिधिको योजनाअनुसार काम गर्न उनले मातहतका कर्मचारीलाई आग्रह गरे । सेवा प्रवाहलाई छिटोछरितो बनाउन सधै लागि पर्ने उनको अठोट गरे ।

कार्यक्रममा वडाअध्यक्षहरु रमेश मल्ल, दीपक कुमार थापा, थानेश्वर पौडेल, चेतबहादुर खत्री, वीरेन्द्र श्रविास्त, भीमसेन कर्मचार्य, राजनजंग राणा, शेषकान्त भण्डारी, विजयनाथ धवल, दिलीप यादव, करुन्जन श्रेष्ठ, शतिषप्रसाद मर्सानी, नगरपालिकाका कर्मचारी लगायतको उपस्थिति थियो । कार्यक्रम शिक्षा शाखा प्रमुख चेतनशील लम्सालको स्वागत तथा प्रशासन शाखा अधिकृत शेखरनाथ पन्थीको संचालनमा सम्पन्न भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया