प्रदेश सरकारले सामाजिक न्याय सहितको समृद्धि चाहेको मन्त्री चौधरीको भनाई

प्रकाशित मिति:

रामु भुषाल/नवलपरासी-पश्चिम नवलपरासीको सरावल गाऊपालिका वडा नं। २ खोखरपुरामा कालोपत्रे सडकको समुद्घाटन कार्यक्रम मंगलबार सम्पन्न भएको छ । सरावल गाऊपालिका वडा नं। २ का वडाध्यक्ष शम्भु प्रसाद चौधरीको अध्यक्षता तथा प्रदेश नम्बर ५ का भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले प्रदेश ५ को प्रदेश सरकारले सामाजिक न्याय सहितको समृद्धि चाहेको भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताउनु भएको छ । उहांले प्रदेश सरकारको पहिलो मन्त्रीमंडलको बैठकवाट नै प्रदेश सरकारमा मुख्य मन्त्री शंकर पोखरेलले सोही अनुसार आफुहरुलाई मातहतका मन्त्रालयका कार्यसम्पादनमा लाग्न निर्देशन गरेको बताउनु भएको छ ।

त्यसैगरी उहाँले आदिवासी जनजाती, पिछडा वर्ग, मुस्लिम, मुसहर, अल्पसंख्यक लगाएतको बाहुल्यता रहेको यस क्षेत्रको विकासका लागि पहिलो प्राथमिक्ता दिएर बजेट विनियोजन गर्ने प्रदेश सरकारको निति रहेको बताउदै मन्त्री चौधरीले सोही निति अनुसार आफुले सरावलको अत्रहट्टी, सूुर्यपुरा, तथा तुलसीनगर खोखरपुरा सडकको पनि वजेट विनियोजन गरेको र यी सडकहरुको लागि कसैले पनि वजेट माग्न नआएको खुलासा गर्नु भएको थियो । सो अवसरमा विशिष्ट अतिथिको रुपमा बोल्दै प्रदेश नबर ५ की प्रदेश सांसद भगवती भण्डारीले अत्रहट्टी, सूुर्यपुरा, तथा तुलसीनगर खोखरपुरा सडकलाई सरावल गाऊपालिकाको पहुचंमार्गका रुपमा विकास गर्नेगरी अघि बढाइएको धारणा राख्नु भएको थियो ।

कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा, सरावल गाऊपालिकाका अध्यक्ष राधेश्याम चौधरी, सरावल गाउपालिकाकी उपाध्यक्ष उत्तमा राय, नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी लगाएतले आ आफ्ना भनाईहरु राख्नु भएको थियो । सरावल गाऊपालिका र बर्दघाट नगरालिकालाई समेत जोडनेगरी निर्माण सम्पन्न् भएको अत्रहट्टी, सूुर्यपुरा तथा तुलसीनगर खोखरपुरा सडक २०७६ बैशाख १० गते सुरु भएको सो निमार्णको असार मसान्तसमम भित्रमा नविन कन्ट्रक्सन प्रा।लि।ले जिम्मा लिई काम सम्पन्न गरेको थियो । ३।९ किलोमिटरको अत्रहटी खोखरपुराको सडकखण्ड ३ करोड १९ लाखको लागतमा र १।९ किलोमिटर अर्को तुलसीनगर र खोखपुरा सडकखण्ड १ करोड ८१ लाखको लागतमा निमार्ण भएकोमा जम्ममा ५।८ किलोमिटर निर्माण सडकखण्ड कुल ५ करोडको लागतमा समय अवधि भित्रै गुणस्तरिय सडक निर्माण सम्पन्न भएको नविन कन्ट्रक्सनका सञ्चालक नविन ज्ञवलीले बताउनुभएको छ ।