जलविद्युतको क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई अर्थमन्त्री खतिवडाको आग्रह

प्रकाशित मिति:

काठमाडौँ –अर्थमन्त्री डा। युवराज खतिवडाले नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आग्रह गर्नु भएको छगैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन कार्यक्रममा उहाँले गैरआवासीय नेपालीहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे उच्च प्रतिफल प्राप्त हुने आश्वासन पनि दिनुभयो

अर्थमन्त्री खतिवडाले १० वर्षमा १० हजार मेघावाट विद्युत उत्पादन गर्ने सरकारले लक्ष्य लिएको उल्लेख गर्दै त्यसका लागि बाह्य लगानीको आवश्यक्तामा सरकारले जोड दिएको पनि स्पष्ट पार्नु भयो ।कार्यक्रममा प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा। रामशरण महतले नेपालको आर्थिक विकासमा उत्प्रेरकको भूमिका निर्वाह गर्न गैरआवासीय नेपालीहरुलाई आग्रह गर्नु भयो ।काँग्रेस नेता महतले नेपालमा वैदेशिक लगानी भित्र्याउन सरकारले संस्थागत क्षमता विकासको कामलाई पनि तीव्रता दिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।