स्कूल बसको ठक्करबाट बालिकाको ज्यान गयो

प्रकाशित मिति:

नवलपरासी-स्कूल बसको ठक्करबाट बालिकाको ज्यान गएको छ । नवलपरासी पूर्व नवलपुरमा आफ्नै विद्यालयको बसको ठक्करबाट बालिकाको ज्यान गएको हो ।ठक्करबाट नवलपुरको गैँँडाकोट नगरपालिका–१२ हर्कपुरस्थित जनता माध्यमिक विद्यालयमा अध्यनरत पाँच वर्षीया शान्तिमाया डिसुवाको ज्यान गएको हो ।

विद्यालयको पर्खालभित्र ना५ख ६०२६ नं को बसले साइकलबाट झर्ने क्रममा शान्तिमायालाई ठक्कर दिएको थियो ।गम्भीर रुपमा घाइते भएका उनको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा ज्यान गएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।