अस्पतालले मृत घोषणा गरिसकेको नवजात शिशुले सास फेरेपछि…

२८ आश्विन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


चितवन – आइतबार चितवनको ओम अस्पतालका चिकित्सकले मृत घोषणा गरेको नवजात शिशुको अन्तिम दाहसंस्कार गर्न घाट पु¥याएपछि सास फेरेका छन् । हेटौंडा २ की २२ बर्षीया अनिता तामाङले आइतबार बिहान ११ः२० बजे बच्चा जन्माएकी थिइन् । त्यसको १० मिनेटपछि डाक्टर बिनोद पाठकले बच्चाको मृत्यु भएको प्रमाणीकरण गरेका थिए ।२४ सातामै जन्मिएको बच्चाको तौल ९ सय ग्राम मात्रै थियो । डाक्टरले मृत घोषणा गरेपछि परिवारले अन्तिम दाहसंस्कारका लागि घाटमा पु¥याए । घाटमा पु¥याउँदा बच्चाले सास फेरेको देखियो र तत्काल ओम अस्पतालमै पिर्ता ल्याइयो ।अस्पतालमा ल्याउँदासम्म पनि शिशुले सास फेरिरहेकका थिए । परिवारका अनुसार चिकित्सले बच्चा समयनै नपुगी जन्मिएको, तौल कम भएकाले बाँच्न नसक्ने र बाँचे पनि राम्रो नहुने बताएका थिए । आफूले बच्चा राम्रो नहुन सक्ने भनेपछि परिवारले पनि थप उपचार गर्न चासो नदेखाएको अस्पतालका बालरोग बिशेषज्ञ यज्ञराज शर्माले स्वीकार गरे ।यसरी सास फेरिरहेका शिशुलाई अति शघन कक्षमा तत्कालै राखेर उपचार गर्नु पर्ने भएपनि भिडियोमा शिशुको उपचारमा लापरवाही गरेको जस्तो देखिन्छ । बिहान ११ः२० मा जन्मिएका शिशु मध्यरातसम्म जीवितै थिए । तर, राति १२ बजे मृत्यु भएको अस्पतालको भनाइ छ । अहिले परिवार र अस्पताल दुबै पक्षले यो घटना मिलिसकेको बताएका छन् ।news24

फेसबुकबाट तपाईको प्रतिक्रिया