पहेँलो फर्सी :स्वास्थ्यको लागि फाइदै फाईदा

२९ आश्विन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
31 Shares


नेपालको पहाड र तराई दुवै क्षेत्रमा पाइने फर्सी धेरै उपयोगी फल हो । फर्सीको लहराको मुन्टा, पात, फूल र फल सबै उपयोगी हुन्छ । फर्सीको मुन्टा र डल्लामा भिटामिन ‘ए’ प्रशस्त पाइन्छ । कमलपित्त, क्षयरोग, बढी तिर्खा लाग्ने, कलेजोमा खटिरा भएमा औषधिका रूपमा प्रयोग गर्न सकिन्छ । कब्जियत भएमा तथा टाउको दुखेमा पनि फाइदा गर्छ ।पायल्स र शरीरभित्र जलन हुँदा पनि फलदायी हुन्छ । गाईवस्तुमा थुनेलो रोग लागेमा पाकेको फर्सीको भेट्नु पानीमा घोटेर लगाउँदा ठिक हुन्छ । यसको लेपले विषालु किराको विष पनि हट्छ ।

फर्सीको कैंडाभित्र बियाँ र गुदी हुन्छ । बियाँको अचार धेरै स्वादिष्ट हुन्छ । फर्सीको बियाँले शरीरमा भएको पत्थरी निकाल्छ भन्ने मान्यता छ । फर्सीको बियाँ छोडाई यसलाई पिँधेर ओठमा लगाउँदा ओठ फुटेको, चिरिएको तथा सुख्खापन भएको निको हुन्छ । निन्द्रा नलाग्ने रोगमा पनि यसले फाइदा गर्छ । रुखो कपाललाई नरम बनाउँछ । फर्सीका १०–१५ बियाँ नियमित खाँदा छाती पोलेको ठीक हुन्छ । पहेँलो फर्सी उसिनेर र तरकारी पकाएर खाइन्छ । भोक मेटाउन उपयोगी यसमा प्रशस्त पोषण हुन्छ । शरीरमा ऊर्जा प्राप्त हुन्छ । फर्सीमा गुलियो पानीको मात्रा बढी हुने भएकाले मोटाउने रहर गर्नेका लागि फाइदाजनक हुन्छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा