स्पेन युरोकपमा छनोट

२९ आश्विन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
31 Shares


काठमाडौँ । स्पेनले युरोकप फुटबल, २०२० मा आफ्नो स्थान पक्का गरेको छ । तीनपटकको च्याम्पियन स्पेनले छनौट चरण अन्तर्गत मंगलबार राति भएको खेलमा स्वीडेनसँग बराबरी गरेसँगै युरोकपमा स्थान बनाएको हो ।समूह एफ अन्तर्गत अवे मैदानमा भएको खेलमा स्पेन स्वीडेनसँग १–१ को बराबरीमा रोकिएको हो ।पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । ५० औँ मिनेटमा मार्कस बर्गले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाए । पछि परेको स्पेनका लागि इन्जुरी समयको दोस्रो मिनेटमा रोड्रिगोले गोल गरे र खेलमा बराबरी गरे ।यो बराबरीपछि ८ खेलबाट २० अंकसहित समूहको शीर्ष स्थानमा रहेको स्पेनले युरोकप खेल्ने पक्का गरेको हो ।हालसम्म स्पेनसहित बेल्जियम, इटाली, रुस, पोल्याण्ड र युक्रेनले युरोकपमा स्थान पक्का गरेका छन् । दोस्रो स्थानको स्वीडेनको १५ अंक छ । मंगलबार राति नै भएको खेलमा नर्वे र रोमानियाले पनि १–१ को बराबरी खेलेका छन् ।८ खेलबाट १४ अंकसहित रोमानिया तेस्रो तथा ११ अंकसहित नर्वे चौथो स्थानमा छ । सोही समूहको अर्को खेलमा फारोइ आइल्याण्डले माल्टालाई १–० ले पराजित गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया