एनआरएनए अमेरिकाज क्षेत्रिय महिला संयोजकमा उमा कार्की बलियो उम्मेद्वार

प्रकाशित मिति:

असोज २९, काठमाडौं ।
महिलाको पनि समान पहुच र सहभागिता बढाउने उद्देश्य सहित एनआरएनए अमेरिकाकी महिला अभियान्ता उमा कार्की थापा ले अमेरिकाज क्षेत्रबाट क्षेत्रिय महिला संयोजकमा उम्मेदवारी दिएकी उमा कार्कीलाई बलियो उम्मेद्वारको रुपमा हेरीएको छ।

अमेरीकाको क्यालिफोर्नियाम लामो समय बसेर सामाजिक क्रियाकलापमा अग्रणी भुमिका खेल्दै आएकी कार्कीले प्रवासी नेपालीहरुको हक र हितका लागी निरन्तर लड्दै आएकी छिन् । एनआरएनएमा महिला सहभागिता र सक्रियतालाई बढावा दिन उम्मेदवारी दिएको बताउने उनी हाल टेक्ससमा सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिइरहेकी छिन् ।

एनआरएनए एनसिसि अमेरिकाको पुर्व अध्यक्ष समेत भइसकेकी कार्कीले विभिन्न पदमा रही काम गरिसकेकाले आगामी नेतृत्वका लागी अमेरिकाज क्षेत्रबाट क्षेत्रीय महिला संयोजकमा सामुहिक नेतृत्वको आवाज तथा संस्थागत दिगो बिकास भन्ने मुल लक्ष्य सहित अघि बढेकी छिन् ।

सौन्दर्य पेशामा शोषित र पीडित महिलाहरुको पक्षमा मुद्धा लडेर चर्चामा आएकी थिइन् । एनआरएनए अमेरिकाको पहिलो महिला संयोजक बनेकी कार्की एनआरएनए अमेरिकाको हेल्प डेस्ककी संयोजक समेत हुन । आइसिसिको वर्तमान महिला टास्क फोर्सकी सदस्य रहेकी कार्की नेपाल जनसम्पर्क समिति अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरको सल्ल्हाकार भएर समेत काम गरिसकेकी छिन् ।