सांसद प्रमोद साहलाई जिल्ला अदालत धनुषाद्वारा ४ दिनको म्याद थप

२९ आश्विन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
21 Shares


जनकपुरधाम -जनकपुर एयरपोर्टमा बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा प्रहरीले नियन्त्रण्मा लिएको राजपाका संघीय सांसद प्रमोद साहलाई जिल्ला अदालत धनुषाले चार दिनको म्याद थप गरेको छ ।काठमाडौंबाट पक्राउ परेका साहलाई १०स् १८ मिनेटमा धनुषा जिल्ला अदालतमा पेस गरिएको हो । सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद साह जहाज ढिलो हुँदा जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरमा तोडफोड गरेका थिए ।उनीमाथि मैगलबार नागरिक उड्डयन प्राधिकरणले गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएको छ।news24

 

फेसबुकबाट तपाईको प्रतिक्रिया