विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे विजयी

२९ आश्विन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
32 Shares


काठमाडौं– विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे निर्वाचित भएका छन् ।मंगलबार सम्पन्न दलको निर्वाचनमा अध्यषका अर्का प्रत्यासी शिवप्रसाद थापालाई पराजित गर्दै पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् ।निर्वाचनमा पाण्डेले ५८ प्रतिशत मत पाएका थिए । निर्वाचनमा नो भोटको व्यवस्था पनि मिलाइएको थियो। नो भोटमा पाँच प्रतिशत मत खसेको थियो ।त्यस्तै महासचिवमा निर्देश सिलवाल र नीति सचिवमा सञ्जीव भट्टराई निर्वाचित भएका छन् । उपाध्यक्ष, व्यवस्थापन सचिव र कोषाध्यक्षको चुनाव  हुँदैछ ।मंगलबारदेखि जनकपुरमा सुरू राष्ट्रिय सम्मेलन कात्तिक २ गतेसम्म चल्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया