अझै ओझेलमा राजा विरेन्द्रले आषिश लिएको प्रसिद्ध हिले सिद्ध बाबा

२९ आश्विन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
162 Shares

oznor

कौरव खत्री/गुल्मी २९ असोज-गुल्मीको ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रको तपोभूमि प्रसिद्ध हिले सिद्ध बाबा अझै पनि ओझेलमा रहेको छ ।सत्यवति गाँउपालिका ३ ठूलोलुम्पेक बुझुङमा रहेको प्रसिद्ध हिले सिद्ध बाबा तत्कालिन समयमा पाल्पाका स्व.गुरु बाला कुलानन्द घिमिरेले ३६ बर्ष तपस्या गरेको तपोभूमिमा २०३६ सालमा स्व.राजा विरेन्द्र विरविक्रम शाहले आर्शिवाद लिएको स्थलका रुपमा परिचित रहेको छ ।तत्कालिन समयमा देशमा निदल र बहुदलबीचको जनमत संग्रहमा राजा विरेन्द्र विरविक्रम शाहलाई स्व.बाला गुरु कुलानन्द घिमिरेले राजाकै जित हुन्छ भनि आर्शिवाद दिएर पठाएका थिए र जनमत संग्रहबाट राजाकै जित भएको सत्य प्रमाण हिले सिद्ध बाबाको हिले सिद्ध व्यवस्थापन समिति सत्यवति गाँउपालिका ३ गुल्मीका अध्यक्ष यमबहादुर सुस्लिङमगरले बताए ।तत्कालिन समयमा स्व.राजा विरेन्द्र हिडेरै आर्शिवाद लिन हिले सिद्धबाबा पुगेका थिए । हिले सिद्ध बाबामा गत असार २६मा स्याङजाका ३२ बर्षीय बाला गुरु अभिषेश पाण्डेले शुरु देखि नै भोकै कठोर मौन तपस्या गरि बसिरहेका छन् ।समुन्द्र सतहदेखि २हजार ५२ मिटर अग्लो उचाईमा अवस्थित रहेको हिले सिद्ध बाबाको दर्शन गर्नका लागि मोटरबाटो छोडेर झण्डै १ घण्टाको उकालो पैदल मार्ग भएर पुग्न सकिन्छ । जैविक र प्राकृतिक विविधताले भरिपूर्ण हिले सिद्ध बाबा मन्दिरमा वरिपरि घना जङगलले घेरिएको बीचको उपत्यका जस्तै रहेको प्रसिद्ध हिले सिद्ध बाबा जिल्लाकै राम्रो तपोभूमि भएकोले यहाँ

थुप्रै जैविक विविधतासँगै धार्मिक तथा पर्यटनको प्रचुर संम्भावना रहेकोले आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन सकिने हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कंडेल शर्माले बताए ।हिले सिद्ध बाबाको दर्शन गर्न जाने शद्धालुभक्क्तजनहरुको सहजताको लागि सत्यवति गाँउपालिकाको आर्थिक सहयोगमा केहि मात्रमा पैदल मार्ग निर्माण गरिएको छ । प्राकृतिक र जैविक विविधतायुक्क्त धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचुर संम्भावना बोकेको प्रसिद्ध हिले सिद्ध बाबासँग बर मागे सबै मनोकाङ्क्षा पूरा हुने धार्मिक जनविश्वास रहेको छ ।साथै अध्यक्ष सुस्लिङमगरले भने हिले सिद्ध बाबाको एतिहासिक महत्वबारे मगर भाषामा हि भनेको के र ले भनेको छ भन्ने हो भन्दै यहाँ केछ भन्ने अर्थ रहेको पाका पुस्ताको भनाई रहेको भन्दै उनले भने हिले जे पनि छ, र सोचेका र आटेका कुरा पुग्छ भन्ने मान्यता रहेको छ ।यस क्षेत्रका स्थानीय बासिन्दाहरुले नयाँ अन्तपात घरमा भित्र्याउदा र गाई भैसी पहिलो दुध हिले सिद्ध बाबालाई चढाएर मात्र भोकचलन गर्ने प्रचलन समेत रहेको अध्यक्ष सुस्लिङमगरले जानकारी दिए ।हिले सिद्ध बाबाको मन्दिरबाट मनोरम दश्यावलोकन गरि प्राकृतिक सुन्दरतासँगै रमाउने र मनका चिन्तामुक्क्त गर्ने र तपोभूमि थलोको रुपमा लिन सकिन्छ । हिले सिद्ध बाबाको महत्व र इतिहासबारे स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म प्रचार प्रसार गरिदिन आमसञ्चारमाध्यमलाई समिति अध्यक्ष सुस्लिङमगरले आग्रह गरे

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा