तिलोत्तमा प्रिमियर लिगआजको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्स बिजयी

२९ आश्विन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
27 Shares


बुटवल -प्रदेश स्तरको सबै भन्दा ठुलो पुरस्कार राशि रहेको सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको आजको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्डस् बिजयीभएको छ । ज्ञानोदयले रुपन्देही पल्टन्स्लाई ६ विकेटले पराजित गरेको हो ।पहिले ब्याटिङ्ग गरेको रुपन्देही पल्टन्स्ले १६ दशमलव ३ ओभर खेलेर ७६ रनको योगदान गरेको थियो । रुपनदेही पल्टन्स्का दिनेश मगरले १६ रदिपेन्द्र सिंह ऐरी १५ रन बनाए भने अन्य ब्याट्स म्यानहरु खासै चल्न सकेनन् ।

पल्टन्स्लाई सस्तैमा समेट्न ज्ञानोदयका दिवनपुनले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिएका थिए । ७७को लक्ष्यका साथै ब्याटिङ्ग थालेको रेन्बो ज्ञानोदय गोल्डस्ले १२ दशमलब १ ओभरमा४ विकेटको क्षति मा लक्ष्य भेटेको थियो । बिजयी ३९ रन ज्ञानोदयका सुनिलधमलाले ३९ र हरजित सिंहले २१ रनको योगदान गरेकाथिए । प्रतियोगितामा ज्ञानोदयका दिवन पुन म्यानअफ द म्याच भएभने प्रतिषजिसि मष्ट भ्यालुएवल खेलाडीबने । प्रतियोगिता अन्तर्गत आजको दोश्रो खेलमा पाल्पाली लिजेन्टस् रएक्पर्ट रोयल शंकरनगर बिचको खेल केहीबेर पछि शुरु हुदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया