ह्टुवाललाई बुद्ध र जैन दर्शनमा विद्याबारिधी

२९ आश्विन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
26 Shares


भैरहवा, असोज २९- शैक्षिक अगुवा ज्ञानदेव हटुवाललाई बुद्ध र जैन दर्शनमा विद्या बारिधी (पिएचडी) को उपाधी प्राप्त भएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयबाट हटुवालले बुद्ध दर्शन र जैन दर्शनको तुलानात्मक अध्ययनमा विद्या बारिधी (पिएचडी) प्राप्त गरेका हुन् ।
लुम्बिनी विश्व विद्यालयका अनुसन्धान विभागका प्रमुख प्राध्यापक डा.गितु गिरीको शोध निर्देशन तथा महेन्द्र सस्कृत विश्वविद्यालयको अनुसन्धान विभाग प्रमुख प्रा.डा. काशिनाथ न्यौपानेको निर्देशनमा हटुवालले पिएचडीको उपाधी हासील गरेका हुन् ।हटुवाल २०३८ सालदेखि सनसाईन माध्यामिक विद्यालय भैरहवाको संस्थापक प्राचार्यको रुपमा लुम्बिनी क्षेत्रको शैक्षिक विकास र विस्तारमा लागी परेका छन् ।लमजुङ्को रागीनासटार नगरपालिका वडा नं ६ धमिलीकुवामा बुबा स्वर्गिय लिलाराज हटुवाल र आमा स्वर्गिय विष्णुमाया हटुवालको सुपुत्रको रुपमा २०१३ सालमा जन्मिएका हटुवालले लम्जुङ्कै बीरभक्ति मा.वि.बाट एसएलसी उत्तिर्ण गरेका थिए । पोखराको पृथ्वी नारायण क्याम्पसबाट आई.ए र त्रिचन्द क्याम्पस काठमान्डौंबाट बिए तथा सप्तगण्डकी क्यामपस चितवनबाट बिएड गरेका हटुवालले समाजशास्त्र विषयमा त्रिभुवन

विश्वविद्यालयबाट एम. ए. गरेका हुन् । खोज, अनुसन्धान र लेखनीमा रुची राख्ने हटुवालका सृजनाका फुलहरु २०६६, आकशी जुन २०७१, दर्द गजल संग्रह २०७४, यात्रा जिन्दगीको २०७४ गीत गजलका कृर्तिहरु प्रकाशित भईसकेका छन् ।बुद्ध दर्शनको प्रणेता महामानब बुद्ध र जैन दर्शनको प्रणेता महाबीर जैन हुन् । शोधमा दुवै दार्शनिक प्रणालीको तत्व, आचार र ज्ञान तथा प्रमाण सिद्धान्तलाई तुलनात्मक विवेचना गरिएको शोधकर्ता हटुवालले बताए । हटुवलाले आफ्नो शोधले दुबै दर्शनको समानताको बारेमा पनि प्रस्टाएको बताए । उनले भने, “बौद्धदर्शन र जैनदर्शन दुबै समकालीन दर्शन हुन् । दुवै दर्शनले वैदिक सनातन धर्मसँग विमति राख्दछन् । दुवै दर्शनले उपनिषदको आत्मवादी सिद्धान्तको विरोध गर्दछन् । दुवै दर्शनले उपनिषदको ईश्वरवादको खण्डन गर्दछन् ।दुवै दर्शनले सदाचारको पक्षपोषण गर्दछन् । दुवै दर्शनले सत्वृत्तिको पृष्ठपोषण गर्दछन् । ” विश्वभर बौद्धमार्गी ४८ करोड ८० लाख (४८८ मिलियन) छन् भने जैनमार्गी ४० देखि ५० लाख (४ देखि ५ मिलियन) रहेका छन् ।धर्म, दर्शन , शान्ति र विकासको क्षेत्रमा खोज तथा अनुसन्धान गर्न चाहने विद्यार्थि तथा शोधार्थीहरुको लागी हटुवालको शोध बहुउपयोगी हुने देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया