मृगौला पिडित पल्लीलाई इन्दे्रणी कार्यक्रमबाटै नगद ७ लाख हस्तान्तरण

२९ आश्विन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
982 Shares


कौरव खत्री /गुल्मी २९असोज –गुल्मी मुसिकोटकी मृगौला पिडित देवी पल्लीको काठमाण्डौको नँया बानेश्वर स्थित एवीसी इन्दे्रणी कार्यक्रमका बीचमा नगद ५ लाख भन्दा बढि आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ ।मुसिकोट नगरपालिका ४ बडागाँउ दजाकोट निवासी ३२ बर्षीय मृगौला पिडित पल्लीको लागि मुसिकोट नगरवासी देश तथा विदेशमा रहेका युवाहरुको पहलमा संकलन गरिएको आर्थिक सहयोग रकम मृगौला पिडित पल्लीलाई रकम हस्तान्तरण गरिएको आर्थिक सहयोगी कर्ण थापाले जानकारी दिए । बुधवार मृगौला पिडित पल्लीको लागि अमेरिकामा विष्णु कार्की बिमलको पहलमा २ लाख ११हजार,नवदिप समाजसेवा परिवार मसिकोट

नगरपालिका ४ जेगाको पहलमा २ लाख, तथा समाजसेवी तथा आर्थिक सहयोगी कर्ण थापाको पहलमा इन्द्रेनी कार्यक्रमको व्यवस्थापक सहित ५० हजार,दक्षिण कोरियामा अर्जुन मगरको पहलमा ४२ हजार लगायतबाट संकलन गरिएको नगद ७ लाख आर्थिक रकमलाई पिडितलाई प्रदान गरिएको समाजसेवी थापाले जानकारी दिए ।साथै रकम हस्तान्तरण कार्यक्रममा हाल काठमाण्डौ विभिन्न पेसा व्यवसाय लगायत अन्य कामको शिलशिलामा रहेका यस क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो । दुवै मृगौला पिडित पल्लीको विगत डेढ महिनादेखि काठमाण्डौको टिचिङ हस्पिटलमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा