अर्थतन्त्रको विकासका लागि निजी तथा सार्वजनिक पुंजीलाई प्रतिष्पर्धी बनाउन जरुरी छः मुख्यमन्त्रि पोख्रेल

१४ भाद्र २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया


प्रदेश नम्वर पाँचका मुख्यमन्त्री शंकर पोख्रलले अर्थतन्त्रको विकासको लागि निजि र सार्वजनिक पुजिलाई प्रतिश्प्रधि बनाउनु पर्ने बताउनु भयो । प्रदेश नम्बर पाँचको प्रथम आवधिक योजना निर्माण सम्बन्धी पूर्व तयारी गोष्ठीमा बोल्र्दै मुख्यमन्त्री पोख्रलले सो कुरा बताउनु भयो ।आहिलेको निजि तथा सार्वजिनिक पुजिको साझेदारीले निजि क्षेत्र तथा सार्वजनिक क्षेत्र दुवैलाई फाईदा नहुने भन्दै अर्थतन्त्रलाई चलायमान बनाउन अर्थतन्त्र कक्टेल नवनाई स्वतन्त्र बनाउनु पर्ने भनाई व्यक्त गर्नु भयो ।

त्यस्तै राष्ट्रिय योजना आयोगका केन्द्रिय उपाध्यक्ष डा पुष्पराज कंडेलले देशको १५औँ योजना र स्रोतको दस्तावेज निर्माणको चरणमा रहेको भन्दै निर्माण पश्चात सवै प्रदेशमा उपलब्ध गराउने जानकारी दिनु भयो । साथै उहाले अहिले आफूहरु संग एकिन तथ्याङकको अभावले गर्दा समस्या रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले प्रदेशको योजना निर्माण सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सुभाव दिने बक्ताहरुले योजना निर्माण गर्दा सवै क्षेत्रको विकासमा ध्यान दिनु पर्ने बताउनुभयो । प्रदेशलाई आत्मनिर्भर बनाउन तर्फ प्रदेश सरकार लाग्नु साथै उत्पादन बृद्धि गर्ने योजना निर्माण गर्नुपर्ने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया