बिपद ब्यवस्थापन सम्बन्धि अन्र्तक्रिया कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

नवलपरासी-विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसको अवसर पारि पश्चिम नवलपरासी लगाएत देशैभरका विभिन्न स्थानमा सप्ताहव्यापि रुपमा बिपद् ब्यवस्थापन सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन भएको छ । यसैबीच बासाबसही प्रहरी चौकी सरावलसरावल १ बासाबसहीको आयोजनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत विपद्तबाट हुने जोखिम तथा न्युनिकरण उपायबारे सरोकारवाला बीच अन्र्तक्रिया कार्यक्रम बुधबार बासा प्रहरी चौकीको प्रांगणमा सम्पन्न भएको छ ।

बासाबसही प्रहरी चौकीका प्रमुख लिल बहादुर विकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा जिल्ला समन्वय समितिकी सदस्य आशा चौधरी, नेपाल आदिबासी जनजातिका जिल्ला अध्यक्ष देवराज चौधरी, जेष्ठ नागरिक मञ्चका केन्द्रिय सदस्य खिमलाल पाखरेल रेडियो दाउन्नेका अध्यक्ष नारायण पाण्डे लगाएत जनप्रतिनीधि, समाजसेवी, बुद्धिजीवि, स्थानीयबासी गरि ३० जनाको उपस्थिती रहेको कार्यक्रममा सहभागिहरुले विपद पूर्व तयारी गर्नका लागि सबै सरकोरावालावीच सहकार्य आवश्यक रहेको कुरामाथि जोड दिदै विपत् व्यवस्थापन लगाएत लोकमार्गमा भए गरेका सवारी दुर्घटना न्युनिकरण गर्न, बासा चोकमा हुदै गरेका अब्यवस्थित अटो रिक्शा पार्किगंलाई ब्यवस्थित बनाउन तथा बासा चोकमा शान्ति सुरक्षा कायम गरि कुनै अप्रिय घटना तथा दुर्घटनाहरु हुन नदिने खालको शान्ति सुरक्षा प्रदान गर्न सुझाएका थिए ।

सो अवसरमा कार्यक्रमका अध्यक्ष तथा बासाबसही प्रहरी चौकीका प्रमुख लिल बहादुर विकले सबैमा धन्यबाद ब्यक्त गर्दै सहभागिहरुले दिएको सुझावलाई आत्मसाथ गर्दै त्यसको कार्यान्वयन तर्फ आफु र आफ्नो प्रहरी टोली सक्रियतापुर्वक अग्रसर रहने प्रतिबकद्धता जनाउनुभएको थियो । सन १९८९ को संयुक्त राष्ट्र संघको साधारणसभाले प्राकृतिक विपद्त विरुद्ध पुर्व तयारी र जागरणको अभिवृद्धिका लागि हरेका वर्ष अक्टुबर १३ लाई विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसको रुपमा मनाउने निर्णय गरे अनुसार यो दिवस मनाउदै आइएको छ ।