जनता र समुदाय सङ्ग बाचागरेका प्रतिबद्दता पुरा गर्छु :वडा अध्यक्ष मरासिनी

प्रकाशित मिति:

रुपन्देही-रुपन्देहीको सैनामैना वडा नं। ११मा रहेको शान्ति सामुदायिक बनले आफ्नो १७ औं साधारण सभा सम्पन्न गरेको छ ।यस क्षेत्रका उपभोक्ताले २०६० सालमा सामुदायिक वन दर्ता गरि वनलाई संरक्षण, प्रर्बधन तथा बिकासमा उल्लेख्य भुमिका निर्वाह गदै आएका छन् ।सामुदायिक वनका अध्यक्ष हिमलाल अर्यालले आफ्नो प्रगति प्रतिबेदन पेश गदै वनबाट आर्जित रकमले वनलाई संरक्षण, प्रर्बधन तथा बिकासको साथै स्थानिय बिकास निमार्ण, बिद्यालयलाई आर्थिक सहयोग, सिचाई योजनालाई सहयोग, घुम्तिकोषको सञ्चालन, बिपन्न परिवारलाई आय आर्जनमा सहयोग लगायतका काम गदै आईरहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका वडा नं। ११ का अध्यक्ष सुनिल कुमार मरासिनीले हरियो वन नेपालको धन भन्ने मन्त्रलाई अहिलेको लागि मात्र नभएर भाबि पिढीको लागि पनि संरक्षण गर्नु पर्ने बताए । सामुदायिक वन र स्थानिय सरकारको सहकार्यमा बिकास निमार्ण कार्यमा टेवा पुगेको बताउदै मरासिनीले यस क्षेत्रमा रहेका कमि कमजोरीलाई सुधारदै लैजानु पर्ने बताए ।सामुदायिक वनका अध्यक्ष हिमलाल अर्यालको अध्यक्षता सैनामैना वडा नं। ११ का अध्यक्ष सुनिल कुमार मरासिनीको उपस्थितीमा सम्पन्न कार्यक्रममा वडा सदस्य राम प्रसाद भुषाल, ईन्द्रमणि सापकोटा, रमेश भुषाल, तिलकराम घिमिरे, भिमलाल जैसी, प्रेमनारायण घिमिरे, धनिस्वर भुषाल लगायतले बोलेका थिए ।कार्यक्रममा यस सामुदायिक वनको कार्यक्षेत्र भित्र पर्ने जेष्ट नागरिक, एकल महिला, असहाय, अपाङ्गता भएका ब्यक्तिलाई सम्मानको साथै गरिव जेहेन्दार र एस।ई।ई।मा उत्कृष्ट नतिजा प्राप्त गर्ने बिद्यार्थीहरु तथा पुर्व कार्य समितिलाई सम्मान गरिएकोे थियो ।