शान्ति समाजको साधारण सभा सम्पन्न

प्रकाशित मिति:

शान्ति तिवारी/नवलपरासी – मानव अधिकार तथा शान्ति समाज नवलपरासीले बुधबार १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा प्रमुख वक्ताका रुपमा रहनुभएका मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोविन्द खनालले जिल्ला शाखाले गरेका विभिन्न कार्यक्रमको प्रसशां गर्दै र मानवको अस्तित्वका विषयमा समाजले आवाज उठाएको बताउनु भयो । उहाले शान्ति समाजले २०६२÷६३ सालको जनआन्दोलन देखी बर्तमान संविधान निमार्णसम्मको अवधिमा मानव अधिकारका विषयमा विभिन्न कार्यक्रमहरु गर्दै महत्वपुर्ण भुमिका खेलेको स्मरण गराउनु भयो ।

साथै उहाका अनुसार आजको समयमा संविधान मार्फत प्राप्त उपलब्धीहरुलाई संस्थागत गराउन शान्ति समाजले महत्वपुर्ण भुमिका खेल्नु पर्ने आवश्यकता अल्यौउनु भयो । सभामा सचिव गणेश न्यौपानेको सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष सरोज थापाको आर्थिक प्रतिवेदन सर्वसम्मत पास गरीएको छ । कार्यक्रममा केन्द्रिय सदस्य मोहन वि.क.,केन्द्रिय कृषि विभाग संयोजक कुलदिप आचार्य, इलाका प्रहरी कार्यलय सुनवलका प्रमुख बलराम गिरी, शान्ति समाज नवलपरासी जिल्ला कार्यसमिति सदस्यहरु र अजिवन सदस्यहरुको उपस्थिति रहेको छ । शान्ति समाज नवलपरासीका उपाध्यक्ष कृष्ण नारायण श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रममा सन्तोष अधिकारी क्षेत्रीको अध्यक्षता र सञ्चालन सचिव गणेश न्यौपानेले गर्नुभएको थियो ।