१५ औँ विश्व उसु प्रतियोगितामा नेपाली खेलाडीले सहभागिता जनाउने

२९ आश्विन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
25 Shares


काठमाडौं – मित्रराष्ट्र चीनको संघाई शहरमा आयोजना हुने १५ औँ विश्व उसु प्रतियोगिता नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन् । असोज ३० देखि कात्तिक ७ गतेसम्म सञ्चालन हुने विश्व च्याम्पियनसीपमा नेपालका ११ जना खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल उसु महासंघका महासचिव ल्हाकपा छिरिङ लामाले जानकारी गराएका छन् ।११ खेलाडीसहित ५ जना अफिसियलले सहभागिता जनाउने उक्त १६ जना टोलीको नेतृत्व नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङले गरेका छन् । नेपाली टोली असोज ३० गते विहीवार त्यसतर्फ उड्ने कार्यक्रम रहेको छ । टोली नेता अध्यक्ष तामाङले विश्व च्याम्पियनसीपमा नेपाली खेलाडी उत्कृष्ट प्रदर्शन गर्ने र त्यसको अनुभव नेपालमा

आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा देखाउने बताए । गैरीधारा रेष्टुरेन्टमा आयोजित विदाई कार्यक्रममा विश्व च्याम्यियन उसु प्रतियोगितामा प्रतिस्पर्धा गर्ने खेलाडीहरुको हौसला बढाउन उसु महासंघले खेलाडीहरुलाई एक एक सेट ‘केल्मी ट्रयाकसुट’ प्रदान गरेको थियो । उक्त ट्रयाकसुट महासचिव लामाले खेलाडीलाई हस्तान्तरण गरेका थिए ।खेलाडीहरुलाई ट्रयाकसुट प्रदान गर्न अध्यक्ष वीरवहादुर तामाङले ४० हजार, उपाध्यक्ष नानीबाबु तामाङले २५ हजार र महासचिव ल्हाकपा छिरिङ लामाले २५ हजार सहयोग गरेका थिए । विदाई कार्यक्रमा महासचिव लामाले सहभागी खेलाडीहरु उत्कृष्ट प्रदर्शन गर्ने कुरामा विश्वास प्रकट गर्दै सफलताको शुभकामना दिए ।सो अवसरमा उसुका मुख्य प्रशिक्षक अमरकुमार सिंह र टेक्निकल डाइरेक्टर गणेश अर्याल र महासंघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । खेलाडीको बिदाई बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालबाट हुने कार्यक्रम छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया