पाचौ मणिमुकुन्द कप अन्तर मावि जिल्ला स्तरिय छात्र छात्रा भलिवल प्रतियोगिता सुरु

प्रकाशित मिति:

पाचौ मणिमुकुन्द कप अन्तर मावि जिल्ला स्तरिय छात्र छात्रा भलिवल प्रतियोगिता सुरु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकरीनगरमा सुरु भएको प्रतियोगिताको जिल्ला खेलकुद बिकाश समितिका अध्यक्ष योग गुरुङ्गले उद्याटन गरे । प्रतियोगिताको उद्याटन गदै गुरुङले भलिवल खेलको बिकाशको लागि बिद्यालय स्तरबाटै खेल खेल्ने वातावरण बनाउनुपर्ने बताए । भ्लिवल संघ रुपन्देहीका पूर्व अध्यक्ष बिष्णुकुमार श्रेष्ठले भलिवल राष्ट्रिय खेल भएर पनि पछाडी परेको बताए । ्मणिमुकुन्द कलव तिलोत्तमाको अयोजनामा हरेक बर्ष जिल्ला स्तरिय छात्रछात्रा भलिवल प्रतियोगिता हुदै आएको छ ।
प्रतियोगितामा २७ टिमले सहभागिता जनाएका छन । छात्रा तर्फ १० टिम र छात्र तर्फ १७ टिम रहेको क्लवका बरिष्ठ उपाध्यक्ष लोकेन्द्र भण्डारीले बताए । प्रतियोगितामा बिजेता हुने छात्र छात्रा टिमले १२ हजार, ७ हजार र ५ हजार रुपैया सहित ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ६ बिधामा उत्कृष्ट खेलाडी सम्मानीत हुने छन् । मणिमुकुन्द भलिवल क्लवका अध्यक्ष मिलन रानाको अध्यक्षतामा प्रतियोगिता उद्याटन कार्यक्रम भएको थियो ।