पत्रकारको उपचारका लागी पत्रकार महासंघ नवलपरासीले दियो दश हजार सहयोग

प्रकाशित मिति:

डिक बहादुर पाण्डे /नवलपरासी-पत्रकार बोहराको उपचारका लागि पत्रकार महासंघ पश्चिम नवलपरासीको १० हजार सहयोग पत्रकार अर्जुन बोहराको उपचारका लागि नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी शाखाले १० हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराएको छ । पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्षसमेत रहेका बोहराको मस्तिष्क घात भई काठमाण्डौं बाँसबारीस्थित न्यूरो अस्पतालको आइसीसीयूमा उपचार भइरहेको छ ।

दुर्गम जिल्लाबाट पत्रकारिता गरिरहेका बोहराको आर्थिक अवस्था कमजोर रहेकाले सहयोगका लागि महासंघ केन्द्रीय समितिले अपिल गरेपछि रकम उपलब्ध गराएको हो । महासंघमा विभिन्न तालिमबाट बचत भएको कोष रकमबाट सहयोग उपलब्ध गराएको महासंघका जिल्ला अध्यक्ष हरि शर्माले जानकारी दिनुभयो ।