बाटिका महिला सामाजिक उद्यमी सहकारीको तेस्रो साधारण सभा सम्पन्न

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल-श्री बाटीका महिला सामाजिक उद्यमी सहकारी संस्था लि को तेस्रो साधारण सभा सम्पन्न भएको छ।कार्यक्रममा संस्थाका कर्मचारी, सेयर सदस्य , उधमि, सहकारी शुभ चिन्तक, देशभक्त तथा झूझारू महिलाहरुको उपस्थिति रहेको थीयो । यसै क्रममा प्रदेश सभा सदस्य माननीय रमा अर्यालले अहिले महिला दिदिबैनिहरु पनि उद्योगी बन्नु आजको अतिआवस्य भित्र पर्ने बताउनु भय‍ो। सहकारिको माध्यम बाट विभिन्न आयमुलक सीप सिकेर आत्मनिर्भर हुनु आफैमा गौरब हुने हुदा त्यस तर्फ पनि सहकारी ले सबै महिला सदस्य ज्युहरुलाई एक सदस्य एक सीप सिकाउने अबधारणा ल्याउन सुझाब दिनु भयो।

आज सहकारीको आकर्षित बढ्दै अन्तर्राष्ट्रिय स्तरमा सहकारी बैक भन्दा पनि ठूलो मानिने बताउनु भयो।यसै अबसरमा बोल्दै नेशनल को अपरेटर्स यलायन्स रुपन्देही का सभापति राम कृष्ण खाणले सहकारीको माध्यम बाट दिदिबहिनी हरुले नेपालमा केही गरेर समाजमा आफ्नो बेग्लै छवि बनाई उदाहरण बन्न सकिने बताउनु भयो ।आर्थिक संकलन मात्रै नभएर सहकारी एकता पनि रहेको भन्दै । सहकारीले महिलाहरुलाई सम्पतिको मालिक बनाउन सहयोग गरेको पनि बताउनु भयो। २५ जना बाट सुरु भएको यसबाटिका सहकारीमा हाल दुइ सय चालीस जना सेर सदस्य रहेका छन ।आगामी दिनमा अझै संस्थाले दिने सेवा सुविधालाई मध्यनजर गर्दै आधुनिक प्रविधि तथा सेयर सदस्यको माग लाइ बिशेष ध्यानदिदै आफ्नो छुट्टै पहिचान बनाउने जानकारी गराउदै बाटिका सहकारी संस्था लिमीटेडले छोटो समयमा बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको सहकारीका अध्यक्ष कमला पाण्डेले बताउनु भयो ।अध्यक्ष कमला पाण्डेको प्रतिवेदन ,लेखा समितिका संयोजक कविता पन्थीले लेखा समिति को प्रतिवेदन प्रस्तुत गर्नु भयको थियो।कार्यक्रममा सदस्य गंगा ,शाही सल्लाहकार संगिता अर्याल ,लेखा समिति सदस्य सुलोचना नेपाल ,सदस्य लक्ष्मी बन्जाडे,समाजसवि कल्याण पौडेल लगाएतले शुभकामना दिनु भएको थियो। यसै साधारण सभामा पुर्व व्यवस्थापम गिता ज्ञवाली ,ईमान्दार ऋण प्रवाभ गर्नु भएका मिना प्रदान र असल सहयोगी संस्थालाई अतिनै जिम्मेवार पूरा गर्नु भएको डिला कुमारी मल्ल शाह लाई दोसल्लाओडाएर सम्मान समेत गरिएको थियो।अध्यक्ष कमला पाण्डेको अध्यक्षता उपाध्यक्ष राधा खरेलको स्वागत र सचिव सुभद्रा ज्ञवाली को संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।